Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बैतडीको दुर्लभ सहस्त्रलिङ्ग धाममा भव्य मेला लाग्ने, तर प्रचारप्रसारको अभावमा ओझेलमा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन २०, २०८२
बैतडीको दुर्लभ सहस्त्रलिङ्ग धाममा भव्य मेला लाग्ने, तर प्रचारप्रसारको अभावमा ओझेलमा
0
SHARES
55
VIEWS
Share on FacebookShare on Twitter

बैतडी । नेपालकै दुर्लभ सहस्त्रलिङ्ग ऐतिहासिक धार्मिक स्थल, बैतडीको दशरथचन्द नगरपालिका–४, देवलहाटस्थित श्री सहस्त्रलिङ्ग धाममा यस वर्ष साउन २६ गते विशेष मेला लाग्ने भएको छ। साउन महिनाको अन्तिम सोमबारका दिन लाग्ने यस दिव्य मेलामा सहभागी हुन समस्त हिन्दु धर्मावलम्बी र श्रद्धालु भक्तजनहरूलाई हार्दिक आह्वान गरिएको छ।

सहस्त्रलिङ्ग धाम यहाँका जनताको धार्मिक, पौराणिक, पुरातात्त्विक र सांस्कृतिक धरोहरका रूपमा चिनिन्छ। यहाँ साउन महिनामा दर्शन गरेमा मनोकामना पूरा हुने जनविश्वास रहेको स्थानीय समाजसेवी वीरबहादुर चन्द बताउँछन्। यसैकारण साउनभरि यहाँ दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ। धामका पुजारीका अनुसार, यहाँ दर्शन गरेर रुद्राभिषेक पूजाआजा गर्नाले चिताएको फल प्राप्त हुन्छ।

जिल्ला सदरमुकामबाट करिब २ किलोमिटरको दूरीमा रहेको देवलहाट गाउँमा अवस्थित शिव कुण्ड कुवामाथि कलात्मक शिवलिङ्ग छ। यस लिङ्गमा १५ वटा तेर्सो रेखामा क्रमैसँग साना-साना लिङ्गहरू कुँदिएका छन्। यसको लिङ्ग भाग मात्र ५० सेन्टिमिटर छ, भने पीठिकादेखि माथिको भाग २६० सेन्टिमिटर अग्लो छ। पाण्डेका अनुसार, यो शिवलिङ्गमा कुँदिएका लिङ्गका आकृतिहरू भगवान शिवका १०८ वटा नाम र स्वरूपका प्रतीक हुन्।

यस लिङ्गको स्थापना कहिले र कसले गरेको हो भन्नेबारे कुनै ऐतिहासिक प्रमाण भने पाइएको छैन। प्रारम्भमा यो शिवलिङ्ग त्यहाँका सातवटा देवलहरूमध्ये कुनै एकमा राखिएको हुन सक्ने अनुमान गरिएको छ।

यति ठूलो धार्मिक र पुरातात्त्विक महत्त्व बोकेको भए पनि सहस्त्रलिङ्ग धाम सरकारी उपेक्षामा परेको छ। स्थानीय तह र प्रदेश सरकारले यसको संरक्षण, फेला परेका वस्तु राख्ने सङ्ग्रहालय, पुस्तकालय, गुरुकुल विद्यालय र देवलहाटसम्म पुग्ने स्तरीय सडक निर्माणमा कुनै चासो नदेखाएको स्थानीय बताउँछन्।

प्रचारप्रसारको अभावमा यहाँ बाह्य पर्यटक खासै नआएको स्थानीय हरिदत्त भट्टको भनाइ छ। स्थानीय तह र प्रदेश सरकारले धामसँगै रहेको बस्तीलाई होमस्टेको रूपमा विकास गर्न सहयोग गरेमा आन्तरिक तथा बाह्य पर्यटकहरू आकर्षित गर्न सकिने अपेक्षा स्थानीयको छ।

नेपालकै गौरवका रूपमा रहेको यस ऐतिहासिक र पुरातात्त्विक स्थलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्न सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग मिल्ने थियो। हालसम्म नेपालका विभिन्न ठाउँका साथै भारतको पिथौरागढबाट पनि भक्तजनहरू यहाँ दर्शनका लागि आउने गरेका छन्।

२०८२ साल साउन २६ गते सोमबार बिहान ८ बजे पीपलको रुख र शिव कुण्ड नजिकै रुद्र अभिषेक पूजाआजाको आयोजना गरिएको छ। यस पवित्र कार्यक्रममा उपस्थितिका लागि सम्पूर्ण भक्तजनमा हार्दिक निमन्त्रणा गरिएको छ।

(यो समाचारको लागि सम्पूर्ण जानकारी सुदूरपश्चिम खबरलाई स्थानीय उद्धब सिहंले उपलब्ध गराएका हुन्।)

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार
देश/राष्ट्रिय

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड
देश/राष्ट्रिय

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)
देश/राष्ट्रिय

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

असार ७, २०८३
महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

असार ७, २०८३
एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

असार ७, २०८३
प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३
कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

असार ६, २०८३
वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व