Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दोदा नदी किनारमा अस्थायी तटबन्ध निर्माण गरिँदै, बाढीको जोखिम न्यूनीकरणतर्फ स्थानीयको सक्रियता

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन १९, २०८२
दोदा नदी किनारमा अस्थायी तटबन्ध निर्माण गरिँदै, बाढीको जोखिम न्यूनीकरणतर्फ स्थानीयको सक्रियता
0
SHARES
68
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । दोदा नदीका कारण वर्षेनी बाढी, कटान र पटानको उच्च जोखिममा रहेको पुनर्वास नगरपालिकामा अस्थायी तटबन्ध निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएडब्ल्यूए), नीड्स नेपाल र पुनर्वास नगरपालिकाको समन्वय तथा स्थानीयको श्रमदानमा दोदा नदीको किनारमा २२० मिटर लामो अस्थायी तटबन्ध निर्माण कार्य भइरहेको हो। वडा नम्बर २ को दशरथ बस्ती र वडा नम्बर ५ को सिमरी तथा रातोताल बस्तीमा रहेका बासिन्दालाई बाढीबाट सुरक्षित राख्न यो पहल गरिएको हो।

तटबन्ध निर्माणमा सिमरी समुदायका व्यक्तिहरू जुटेका छन्। बोरा भरेर माटो हाल्ने कामदेखि बोरा ढुवानीसम्म सबै काम स्थानीयको सहभागितामार्फत सम्पन्न भइरहेको छ। हालसम्म निर्माण कार्यको ८० प्रतिशत भन्दा बढी काम सम्पन्न भइसकेको छ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएडब्ल्यूए) सान परियोजनाका संयोजक देव राज बडुले दोदा नदीबाट वार्षिक रूपमा हुने कटान तथा बाढीले स्थानीय समुदायमा ठूलो धनजनको क्षतिको जोखिम हुने भएकाले तटबन्ध निर्माण आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार, सोही आवश्यकतालाई मध्यनजर गरी समुदायको सक्रिय सहभागितामा तटबन्ध निर्माणको कार्य अघि बढाइएको हो।

त्यसैगरी, पुनर्वास नगरपालिकाका विपद् सम्पर्क व्यक्ति ओमनाथ ढकालले असारमा आएको बाढीका कारण ठूलो ढुङ्गा र माटो बगाएपछि पक्की तटबन्ध तथा पुल निर्माणको काम रोकिएको जानकारी दिनुभयो। यस वर्ष दोदा नदीको धार सिमरी गाउँतर्फ परिवर्तन भई जोखिम बढेकाले अस्थायी तटबन्ध निर्माण गर्नुपर्ने अवस्था आएको उहाँको भनाई छ। विपद् सम्पर्क व्यक्ति ढकालले पालिकाले अस्थायी तटबन्ध निर्माणका लागि आवश्यक औजार र कट्टाको व्यवस्था गरेको साथै नेपाल राष्ट्रिय समाज कल्याण संघ र नीड्स नेपालले सो कार्यका लागि आर्थिक सहयोग गरेका बताउनुभयो। साथै, स्थानीय समुदायबाट श्रमदानसँगै निशुल्क ट्र्याक्टर उपलब्ध गराइएको र निर्माण कम्पनीले एक्साभेटर उपलब्ध गराएको जानकारी उहाँले दिनुभयो। बर्खापश्चात् सो स्थानमा पक्की तटबन्ध निर्माण हुनेछ।

सिमरी सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष मन्त्री रानाले सरकार र संस्थासँग सहकार्य गर्दै समुदाय आफैंले आफ्नो सुरक्षाका लागि कदम चालेको बताउनुभयो। उहाँले तटबन्ध निर्माणले अबको दिनमा दोदा नदीबाट हुने बर्खे बाढी, कटान र पटानजस्ता जोखिमहरूलाई कम गर्न सहयोग पुर्याधउने विश्वास व्यक्त गर्नुभयो।

यो पहलले बर्खे बाढी, कटान र पटानबाट हुने सम्भावित क्षतिलाई न्यूनिकरण गर्न महत्वपूर्ण भूमिका खेल्नेछ। अस्थायी तटबन्ध निर्माणमार्फत स्थानीय बस्तीहरू थप सुरक्षित बन्दै जाने विश्वस गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३
झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

असार ४, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व