अभाव दु:ख पीडा पिर उस्तै उस्तै रहेछ
तिम्रो अनि मेरो तकदीर उस्तै उस्तै रहेछ
बग्नै पर्छ ठोक्किएर दुखे पनि जिन्दगी
वारीपारी दुबैतिर भीर उस्तै उस्तै रहेछ
असहज हुदै भएन मैले तिमीलाई चिन्न
तिमी त्यो तिम्रो तस्वीर उस्तै उस्तै रहेछ
बाँधिएपछि बोक्नै पर्ने चाहे नचाहे नि
जिम्मेवारी र जञ्जीर उस्तै उस्तै रहेछ
घोचेर दुखाउछ उसै गरि किन किन
तिम्रो वचन त्यो तीर उस्तै उस्तै रहेछ
कमाउने जमाउने रहर गर्दैन उसले
एक्लो यात्री फकिर उस्तै उस्तै रहेछ










Discussion about this post