Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बैतडीका भट्टले गणितलाई खेलसँग जोडेर बनाए ‘नम्बर ब्रेन’ मोबाइल गेम

प्रकाश भट्ट by प्रकाश भट्ट
जेष्ठ ३०, २०८३
बैतडीका भट्टले गणितलाई खेलसँग जोडेर बनाए ‘नम्बर ब्रेन’ मोबाइल गेम
0
SHARES
141
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । सुदूरपश्चिमको बैतडीका एक युवा आफ्नो प्राविधिक कौशल र सिर्जनशीलताका कारण यतिबेला सामाजिक सञ्जाल र प्रविधि क्षेत्रमा चर्चामा रहनुभएको छ। बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर १ श्रीखण्डका लिलाधर भट्टले हालै निर्माण गर्नुभएको ‘नम्बर ब्रेन’ (Number Brain) नामक मोबाइल गेमले डिजिटल बजारमा निकै सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

काठमाडौँबाट भर्खरै इलेक्ट्रोनिक्स तथा सञ्चार इन्जिनियरिङमा स्नातक पूरा गर्नुभएका भट्टले विकास गर्नुभएको यो खेल गणित र तार्किक क्षमता अभिवृद्धिमा केन्द्रित छ। सानै उमेरदेखि गणित विषयमा विशेष रुचि राख्ने भट्टले कक्षा १० सम्मको अध्ययन बैतडीकै स्थानीय सामुदायिक विद्यालयमा गर्नुभएको थियो। त्यसपछि उच्च शिक्षा र इन्जिनियरिङ पढ्न काठमाडौँ छिर्नुभएका उहाँले आफ्नो शैक्षिक ज्ञानलाई व्यावहारिक रूप दिँदै यो सफलता हात पार्नुभएको हो।

सामान्यतया विद्यार्थीहरूका लागि गणित आफैँमा चुनौतीपूर्ण विषय मानिन्छ। तर भट्टले त्यही गणितलाई खेल र मनोरञ्जनसँग जोडेर सहजै सिक्न सक्ने गरी यो मोबाइल एप (Mobile App) को विकास गर्नुभएको हो। ‘नम्बर ब्रेन’ मा गणना र मानसिक सोचलाई रोचक र चुनौतीपूर्ण तरिकाले अभ्यास गराइन्छ।

यसरी बन्यो ‘नम्बर ब्रेन’ गेम

प्ले स्टोरबाट डाउनलोड गर्न मिल्छ गेम 👇

https://play.google.com/store/apps/details?id=com.techkoseli.numberbrain.app: बैतडीका भट्टले गणितलाई खेलसँग जोडेर बनाए ‘नम्बर ब्रेन’ मोबाइल गेम

यस गेमको विकास कार्य सन् २०२६ को फेब्रुअरी महिनाबाट सुरु भएको थियो। करिब दुई महिनाभन्दा बढी समयको निरन्तर मेहेनतपछि तयार पारिएको यो गेम अहिले सार्वजनिक रूपमा उपलब्ध भइसकेको छ। गेमको डिजाइन, प्रोग्रामिङ विकास, प्राविधिक परीक्षण (Testing) र प्लेस्टोरमा प्रकाशन (Publish) सम्मका सम्पूर्ण काम भट्ट एक्लैले सम्पन्न गर्नुभएको हो।गेम निर्माणका लागि आधुनिक ‘फ्लटर’ (Flutter) र ‘डार्ट’ (Dart) प्रविधिको प्रयोग गरिएको छ भने डाटावेस र ब्याकएन्ड सेवाका लागि ‘फायरबेस’ (Firebase) र ‘क्लाउड फायरस्टोर’ (Cloud Firestore) प्रयोग गरिएको उनी बताउँछन्। त्यस्तै ‘गूगल एडमब’ (Google AdMob) मार्फत गेमको मुद्रीकरण (Monetization) समेत गरिएको उहाँले बताउनुभयो।

गेमको उद्देश्य र विशेषताहरूका बारेमा प्रकाश पार्दै भट्टले भन्नुभयो, “‘नम्बर ब्रेन’ को मुख्य उद्देश्य गणितलाई बोझको रूपमा नभई एक चुनौतीपूर्ण र मनोरञ्जनात्मक अनुभवका रूपमा प्रस्तुत गर्नु हो। यसले युवा र विद्यार्थीहरूको सोच्ने क्षमता र मानसिक स्वास्थ्यलाई तन्दुरुस्त राख्न मद्दत गर्दछ।”गेमभित्र विभिन्न फिचरहरू समावेश छन्। जसमा रहेको ‘Boss Mode’ ले खेलाडीलाई समयको दबाबमा गणितीय समस्या समाधान गर्न प्रेरित गर्छ भने ‘Survival Mode’ ले शुद्धता र एकाग्रतामा जोड दिन्छ। त्यस्तै, ‘Daily Challenge’ ले प्रयोगकर्तालाई नियमित रूपमा दिमागको कसरत गराउने बानीको विकास गर्छ। यसमा हालै तार्किक सोच र समस्या समाधान क्षमताको अभ्यास गराउने ‘Number Detective Mode’ समेत थपिएको उहाँले जानकारी दिनुभयो।

हाल यो गेम एन्ड्रोइड (Android) प्लेटफर्ममा उपलब्ध छ। एन्ड्रोइडमा प्रयोगकर्ताको सङ्ख्या थप विस्तार भएपछि यसको आईओएस (iOS) संस्करण समेत छिट्टै सार्वजनिक गर्ने तयारी भइरहेको भट्टले बताउनुभयो। यो गेम विशेष गरी १२ देखि ३० वर्ष उमेर समूहका विद्यार्थी तथा युवाहरूलाई लक्षित गरी बनाइएको भए तापनि मानसिक गणना र ध्यान केन्द्रित गर्ने सीप सुधार्न चाहने जुनसुकै उमेरका व्यक्तिले पनि यसबाट लाभ लिन सक्ने उहाँको विश्वास छ।

लामो समयदेखि ‘टेककोसेली’ (TechKoseli) नामक आफ्नो स्वतन्त्र ब्रान्डमार्फत मोबाइल एप, वेब एप तथा अटोमेसनसम्बन्धी विभिन्न परियोजनाहरू विकास गर्दै आउनुभएका भट्टले यो गेम केवल एउटा खेल मात्र नभएर नेपालबाट विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने शैक्षिक डिजिटल उत्पादन निर्माण गर्ने आफ्नो एउटा प्रयास भएको बताउनुभयो।

सार्वजनिक भएको छोटो समयमै यस गेमलाई नेपालका साथै भारत, बेलायत र अमेरिका जस्ता देशहरूबाट समेत प्रयोगकर्ताहरूले डाउनलोड गरी रुचाउन थालेपछि उहाँ थप उत्साहित बन्नुभएको छ। भविष्यमा प्रयोगकर्ताको प्रतिक्रियाका आधारमा थप नयाँ गेम मोडहरू र कठिनाइ स्तरहरू थप्दै जाने योजना उहाँले बताउनुभयो।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

Uncategorized

जनसरोकार पोष्टको वार्षिकोत्सवमा बिरामी पत्रकार विष्टलाई उपचार खर्च सहयोग

भदौ ४, २०८३
ओल्के पर्व : मौलिकता, विशिष्टता, इतिहास र सांस्कृतिक जीवनदर्शन
Uncategorized

ओल्के पर्व : मौलिकता, विशिष्टता, इतिहास र सांस्कृतिक जीवनदर्शन

भदौ १, २०८३
जनविश्वासको क्षय : सरकारका लागि एउटा गम्भीर चेतावनी
Uncategorized

जनविश्वासको क्षय : सरकारका लागि एउटा गम्भीर चेतावनी

साउन २९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा

भदौ ७, २०८३
८०१ सवारीसाधनबाट ५५ लाखसम्म : नेपालको अटोमोबाइल क्षेत्रको ५० वर्षे यात्रा

८०१ सवारीसाधनबाट ५५ लाखसम्म : नेपालको अटोमोबाइल क्षेत्रको ५० वर्षे यात्रा

भदौ ७, २०८३
भूमिसम्बन्धी समस्या समाधानमा तीनै तहका सरकारबीच सहकार्य आवश्यक : मन्त्री रावल

भूमिसम्बन्धी समस्या समाधानमा तीनै तहका सरकारबीच सहकार्य आवश्यक : मन्त्री रावल

भदौ ७, २०८३
व्यापार तथा लगानी विस्तारका लागि चेम्बर र एनआरएनएबीच सहकार्य

व्यापार तथा लगानी विस्तारका लागि चेम्बर र एनआरएनएबीच सहकार्य

भदौ ७, २०८३
विद्यालय शिक्षा विधेयकमा सरोकारवालाका सुझाव समेटिने, मन्त्री पोखरेलको प्रतिबद्धता

विद्यालय शिक्षा विधेयकमा सरोकारवालाका सुझाव समेटिने, मन्त्री पोखरेलको प्रतिबद्धता

भदौ ७, २०८३
पर्वतारोहणमा दक्ष जनशक्ति पलायन रोक्न सबै एकजुट हुनुपर्छ : सांसद शेर्पा

पर्वतारोहणमा दक्ष जनशक्ति पलायन रोक्न सबै एकजुट हुनुपर्छ : सांसद शेर्पा

भदौ ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व