Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भोटेकोशीमा आकस्मिक बाढी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन १४, २०८२
भोटेकोशीमा आकस्मिक बाढी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

तस्बिर: रेडियो लाङटाङ ९०.३ मेगाहर्ज

0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – चीनको तिब्बत हुँदै नेपाल भित्रिने भोटेकोशी नदीमा पानीको बहाव एक्कासि बढेपछि स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ। बुधबार बिहान २ बजेदेखि नदीको बहाव तीव्र रूपमा बढेको जानकारी रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले दिएका छन्।

उनका अनुसार भोटेकोशीको बाढीले रसुवागढी नाकामा चिनियाँ पक्षले बेलिब्रिज राख्नका लागि बनाइरहेको बाटो बगाएको छ भने टिमुरेस्थित भन्सार यार्डमा रहेको धर्मकाँटा समेत बगाएको छ। मंगलबार राति पानी परे पनि हाल रसुवामा वर्षा नभएको प्रशासनले जनाएको छ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय नुवाकोटले पनि त्रिशूली नदीमा जलसतह बढेको जनाउँदै बाढीको जोखिम रहेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेको छ। यसअघि सोमबार रसुवा प्रशासनले एक सूचना जारी गर्दै भोटेकोशी, त्रिशूली, लाङटाङ र चिलिमे खोलामा बाढीको सम्भावना रहेको जानकारी गराउँदै सतर्कता अपनाउन अनुरोध गरेको थियो।

जल तथा मौसम विज्ञान विभाग र चिनियाँ पक्षको पूर्वानुमान अनुसार आगामी केही दिनमा भारी वर्षा हुने सम्भावना रहेकाले नदीमा बहाव अझै बढ्न सक्ने चेतावनी दिइएको छ। गत वर्ष असार २४ गते आएको भोटेकोशीको बाढीले नेपाल र चीन दुवै तर्फ ठूलो जनधनको क्षति पु¥याएको स्मरण गर्दै प्रशासनले नागरिकलाई सतर्क र सजग रहन पुनः आह्वान गरेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो
society

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो

अशोज २७, २०८३
सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार महादेव अवस्थी सम्मानित
देश/राष्ट्रिय

सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार महादेव अवस्थी सम्मानित

अशोज २३, २०८३
जनज्योति माध्यमिक विद्यालयमा ‘जिज्ञासा मञ्च’
देश/राष्ट्रिय

जनज्योति माध्यमिक विद्यालयमा ‘जिज्ञासा मञ्च’

अशोज १८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आज पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना

आज पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना

अशोज २८, २०८३
अन्नपूर्ण संरक्षण क्षेत्रमा सेप्टेम्बरमा २१ हजारभन्दा बढी पर्यटक

अन्नपूर्ण संरक्षण क्षेत्रमा सेप्टेम्बरमा २१ हजारभन्दा बढी पर्यटक

अशोज २८, २०८३
मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला, तयारी तीव्र

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला, तयारी तीव्र

अशोज २८, २०८३
पाकिस्तानलाई हराउँदै श्रीलङ्काले जित्यो अन्तिम टी–२०

पाकिस्तानलाई हराउँदै श्रीलङ्काले जित्यो अन्तिम टी–२०

अशोज २८, २०८३
ग्यास अभाव कायमै, फरक कम्पनीका सिलिन्डर साट्ने सुविधा बन्द

ग्यास अभाव कायमै, फरक कम्पनीका सिलिन्डर साट्ने सुविधा बन्द

अशोज २८, २०८३
सुदूरपश्चिमको बजेट पारित, तीन महिनादेखिको अन्योल अन्त्य

सुदूरपश्चिमको बजेट पारित, तीन महिनादेखिको अन्योल अन्त्य

अशोज २८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व