काठमाण्डौ – पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोक, मकवानपुर र डोटीमा ठूलो पानी परेको छ ।
सबैभन्दा बढी पानी सिन्धुपाल्चोकमा परेको छ । त्यहाँको गोब्रे वर्षा मापन केन्द्रमा ११८ मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै मकवानपुरमा ६३.६ मिलिमिटर र डोटीमा ६४.६ मिलिमिटर पानी परेको छ । राति सोलुखुम्बुसहित पूर्वका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ ।
मधेशमा अझै पानी पर्न सकेको छैन । मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराई र मधेश प्रदेशमा हावाहुरी चल्न सक्ने महाशाखाले जनाएको छ ।










Discussion about this post