कञ्चनपुर। एम्नेष्टी इन्टरनेशनल नेपाल कञ्चनपुर ग्रुप ४९ को १३औँ साधारण सभा तथा ८ औँ अधिवेशनले विशाल सोनारको संयोजकत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। शनिबार आयोजित भेलामा कञ्चनपुरका संस्थापक संयोजक भोजराज भट्टको प्रमुख आतिथ्य रहेको थियो।
नवगठित १३ सदस्यीय कार्यसमितिमा सहसंयोजकमा मीनराज भट्ट, सचिवमा राजेन्द्र बहादुर चन्द, सहसचिवमा सीमा बोहरा र कोषाध्यक्षमा गोरख बहादुर पुजारा चयन भएका छन्। सदस्यहरूमा भने दीपेन्द्र बहादुर सिंह, नीरज गुप्ता, माधवी चन्द, खडक बहादुर खाती, राधिका थापा, नरेन्द्र प्रसाद जोशी, राधिका जोशी र पुष्पा कुमारी चन्द रहेका छन्।
साधारण सभामा ग्रुपका विगतका गतिविधिहरू, मानव अधिकारको स्थानीय स्तरमा प्रवर्द्धन, सङ्गठन विस्तार र भावी कार्य योजनाका विषयमा गहन छलफल समेत भएको थियो। भेलामा सहभागीहरूले मानव अधिकार र समानताको पक्षमा एम्नेष्टीको भूमिकालाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।










Discussion about this post