कञ्चनपुर । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) कञ्चनपुरले आयोजना गरेको जिल्लास्तरीय निबन्ध लेखन प्रतियोगिता शनिबार सम्पन्न भएको छ।
प्रतियोगितामा जिल्लाका २० वटा विद्यालयका ८७ जना विद्यार्थीले सहभागिता जनाएका थिए। विभिन्न तह र विधामा सम्पन्न यस प्रतियोगितामा विद्यार्थीहरूले आफ्नो लेखन कौशल प्रदर्शन गरे।

प्रतियोगिताको नतिजाअनुसार, आधारभूत तह ‘क’ नेपालीतर्फ जनज्योति माध्यमिक विद्यालयकी आयुषा थवाल प्रथम, सेन्सोरियम स्कुलका आशिष चन्द (महेश) द्वितीय र नवप्रतिभा पब्लिक स्कुलकी रोजिना शाह तृतीय भएकी छन्। त्यसैगरी, आधारभूत तह ‘क’ अंग्रेजीतर्फ मर्निङ ग्लोरी सेकेन्डरी स्कुलका सिद्धार्थ पाठक प्रथम, भुवनेश्वरी विद्या मन्दिरका उत्कर्ष भण्डारी द्वितीय र ग्वालेक नवकीरण स्कुलका प्रज्वल ऐरी तृतीय भएका छन्।

आधारभूत ‘ख’ नेपालीतर्फ भने आदर्श विद्या निकेतनकी आशीमा अइडी प्रथम, महाकाली मोडर्न पब्लिक स्कुलका सुमन कुँवर द्वितीय र जनज्योति माध्यमिक विद्यालयकी सम्झना महरा तृतीय भएकी छन्। आधारभूत तह ‘ख’ अङ्ग्रेजीतर्फ मर्निङ ग्लोरी सेकेन्डरी स्कुलकी प्रयास भारती प्रथम, महाकाली मोडर्न पब्लिक स्कुलका आयुष बोहरा द्वितिय र भुवनेश्वरी विद्यामन्दिरका अनुभव कार्की तृतीया भएका छन्।
माध्यमिक तह ‘क’ नेपालीतर्फ रेडियन्ट माध्यमिक विद्यालयकी सान्वि महरा प्रथम, ज्योति इङ्गलिश स्कुलका निराजन जोशी द्वितिय र सञ्जीवनी शुक्लाफाँटा स्कुलकी गरिमा भट्ट तृतिय भएकी छन्। त्यस्तै, माध्यमिक तह ‘क’ अंग्रेजीमा आदर्श विद्या निकेतनका नितेश जोशी प्रथम, भुवनेश्वरी विद्यामन्दिरका सन्दीप नाथ द्वितीय र उग्रतारा बालविद्यालयकी स्वर्णिमा कडेल तृतीय भएका छन्।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो। साथै, प्रतियोगितामा सहभागी सबै विद्यालय र विद्यार्थीहरूलाई समेत सहभागिताको प्रमाणपत्र प्रदान गरियो।
प्रतियोगिताको समापन कार्यक्रम जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहराको प्रमुख आतिथ्यमा र एनप्याब्सन कञ्चनपुरका अध्यक्ष सत्येस बहादुर चन्दको सभापतित्वमा सम्पन्न भएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहराले विद्यार्थीको सर्वाङ्गिण विकासका लागि यस्ता रचनात्मक कार्यक्रमको महत्वमा जोड दिनुभयो।
एनप्याब्सन कञ्चनपुरका अध्यक्ष सत्येस बहादुर चन्दले विद्यार्थीहरूमा निहित प्रतिभा प्रस्फुटन गराउन एनप्याब्सन सदैव तत्पर रहेको बताउनुभयो।

एनप्याब्सन कञ्चनपुरका सचिव कुबेर खड्काले विद्यार्थीहरूको सर्वाङ्गिण विकासका लागि मासिक रुपमा निरन्तर कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।
यस प्रतियोगिताले विद्यार्थीहरूमा रचनात्मक लेखन क्षमताको विकास गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले बताएको छ।











Discussion about this post