भामुख डोलप्रसाद अर्यालले ढल्केबरमा निर्माण गर्ने भनिएको ट्रमा सेन्टर स्थानान्तरणसम्बन्धी विषयमा आजै संसदमा स्पष्ट जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्।
प्रतिनिधिसभामा नेपाली कांग्रेसका सांसद डा. चन्द्रमोहन यादवले ट्रमा सेन्टर अन्यत्र सार्न खोजिएको भन्दै विरोध जनाएपछि सभामुखले सरकारलाई तत्काल धारणा स्पष्ट पार्न निर्देशन दिएका हुन्। सांसद यादवले निर्णयको विरोधमा बैठकभर ‘मौन विरोध’स्वरूप उभिएर बस्ने घोषणा पनि गरेका थिए।










Discussion about this post