कञ्चनपुर – माछापुच्छ्रे बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महाकाली प्रादेशिक अस्पताललाई ‘वाटर चिलर’ हस्तान्तरण गरेको छ। गर्मी मौसमलाई ध्यानमा राख्दै अस्पतालमा आउने बिरामी, कुरुवा र स्वास्थ्यकर्मीहरूका लागि स्वच्छ पिउने पानीको पहुँच सुनिश्चित गर्न बैंकले यो सहयोग प्रदान गरेको हो।
शुक्रबार बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख मनिष उपाध्याय र स्वास्थ्य तालिम केन्द्र धनगढी कैलालीका महाप्रबन्धक नरेन्द्र सिंह कार्कीले संयुक्त रूपमा महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अर्जुन भट्टलाई वाटर चिलर हस्तान्तरण गर्नुभयो।

अस्पतालमा दैनिक सयौँ सेवाग्राहीहरूको आवतजावत हुने भए पनि स्वच्छ पिउने पानीको व्यवस्था नहुँदा समस्या देखिएको जानकारी पाएपछि बैंकले यो सहयोग गरेको हो। बैंकले यसबाट स्वास्थ्य सेवा प्राप्त गर्न आउने सर्वसाधारणहरूलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरेको छ।
माछापुच्छ्रे बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता, विपद् राहत तथा समावेशी आर्थिक पहुँचका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ।











Discussion about this post