काठमाण्डौ – गएराति देशका केही ठाउँमा सामान्यदेखि मध्यम वर्षा भएको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै म्याग्दीमा ४० मिलिमिटर पानी परेको छ ।
अहिले दार्चुला र आसपासमा मध्यम वर्षा भइरहेको छ । राति काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा खासै पानी परेन ।
आज दिउँसो सबै प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।










Discussion about this post