Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

काठमाण्डौ उपत्यकासहित विभिन्न जिल्लामा ठूलो वर्षा : नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ असार २५, बुधबार ०७:२६
मनसुनी प्रणाली भारतको केरला आइपुग्यो, अवरोध नभए औसत मितिभन्दा चाँडै नेपाल भित्रिने
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका विभिन्न जिल्लामा ठूलो पानी परेको छ । गएरातिको वर्षाका कारण नदी र खोलामा पानीको बहाव बढेको छ ।

बाढी पूर्वानुमान महाशाखाले बाढी, डुवान र पहिरोको जोखिम रहेको भन्दै तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गएराति काठमाण्डौ उपत्यकासहित विभिन्न जिल्लामा ठूलो पानी परेको हो । बारा, नवलपरासी, बाग्लुङलगायतका जिल्लामा अत्यधिक वर्षा मापन गरिएको छ ।

कास्की, पर्वत, अर्घाखाँचीलगायतका जिल्लामा मध्यम वर्षा भएको छ । नदी, खोलामा पानीको बहाव अझै बढ्न सक्ने सम्भावना रहेकोले सावधानी अपनाउन भनिएको छ ।

काठमाण्डौ उपत्यकाको बागमती नदीको खोकना र मनोहरा जलमापन केन्द्रले सतर्कता तह पार गरिसकेको र जलसतह अझै बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैगरी विष्णुमतीअन्तर्गतको गोङ्गबु र बागमतीको गौरीघाट क्षेत्रमा पनि पानीको सतह खतराको तह पार गरिसकेको छ । बल्खु, मनोहरा, धोबी खोला ( कपन र चाबहिल क्षेत्र ) मा पनि पानीको बहाव बढेकोले नदी किनार क्षेत्रका बासिन्दा र सडकमा यात्रा गर्दा सावधानी अपनाउन भनिएको छ ।

सिन्धुपाल्चोकको धाप गोब्रे मनेखार्क क्षेत्रमा मध्यम वर्षा भएकाले मेलम्ची र इन्द्रावती नदीमा बहाव बढ्नसक्ने भन्दै मेलम्ची बजार क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध छ ।

मकवानपुरको लालबकैया खोलाको जुरेलीबजार जलमापन केन्द्रमा पानीको सतह बढिरहेकोले वरिपरिको स–साना खोलामा आकश्मिक बहाव हुन सक्ने चेतावनी दिइएको छ ।

तनहुँ र चितवनः विमलनगर, सखर, बन्दीपुर, त्रिशुली (कालीखोला), शक्तिखोर, नारायणी फिल्ड अफिस क्षेत्र आसपासमा मध्यम वर्षा भएकाले आकश्मिक बाढीको जोखिम छ ।

कैलालीः बुढीआम वर्षामापन केन्द्र आसपास स–साना खोलामा आकश्मिक बहाव बढ्न सक्ने भन्दै सतर्कता अपनाउन भनिएको छ ।

सर्लाहीको पत्थरकोट, परवानीपुर क्षेत्रमा पनि मध्यम वर्षा भएकाले तटीय क्षेत्र र होचो भू–भागमा डुवानको जोखिम छ ।

खोटाङको बाक्सिला, भैँसे, लामिडाँडा क्षेत्र आसपासका खोलामा बहाव बढ्न सक्ने र भिरालो भूभागमा पहिरोको सम्भावना छ ।

बाग्लुङको गलकोट क्षेत्रमा ठूलो वर्षा भएकाले साना खोलाहरूमा आकश्मिक बहाव तथा पहिरोको जोखिम छ ।

मुस्ताङको कालिगण्डकी नदीको जोमसोम जलमापन केन्द्रले पनि सतर्कता तह पार गर्न लागेको छ । कालिगण्डकी, रौघाट, म्याग्दी खोलालगायतका तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

देशभर थप वर्षा हुन सक्ने भएकोले नदी तथा खोलामा पानीको सतह बढ्दो क्रममा रहेको भन्दै डुबान, आकश्मिक बाढी र पहिरोको जोखिम भएका सबै क्षेत्रमा विशेष सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । जोखिम भए सुरक्षित ठाउँमा सर्न र नदी किनारमा नजान महाशाखाको अनुरोध छ ।

आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरको कृष्णपुरमा जैविक तटबन्ध निर्माण कार्य तीव्र, बाढीको जोखिम कम हुने भएपछि स्थानीय हर्षित
वातावरण

कञ्चनपुरको कृष्णपुरमा जैविक तटबन्ध निर्माण कार्य तीव्र, बाढीको जोखिम कम हुने भएपछि स्थानीय हर्षित

२०८२ असार २५, बुधबार ०७:२६
वर्षाले घटेको प्रदूषण फेरि बढ्यो
वातावरण

वर्षाले घटेको प्रदूषण फेरि बढ्यो

२०८२ असार २५, बुधबार ०७:२६
काठमाण्डौ उपत्यकाको वायु प्रदूषण अस्वस्थ
वातावरण

देशका विभिन्न भागमा वायु प्रदूषणको स्तर बढ्दै

२०८२ असार २५, बुधबार ०७:२६

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने

कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने

२०८२ असार २५, बुधबार ०७:२६
कञ्चनपुरमा लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि जिल्ला स्तरीय छलफल

कञ्चनपुरमा लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि जिल्ला स्तरीय छलफल

२०८२ असार २५, बुधबार ०७:२६
एपेक्स गोदावरी एकेडेमीको १९ औँ वार्षिकोत्सव सम्पन्न

एपेक्स गोदावरी एकेडेमीको १९ औँ वार्षिकोत्सव सम्पन्न

२०८२ असार २५, बुधबार ०७:२६
संसद्को पहिलो बैठक:  बोलक्कड महावीर र मौन बालेन

संसद्को पहिलो बैठक: बोलक्कड महावीर र मौन बालेन

२०८२ असार २५, बुधबार ०७:२६
कञ्चनपुरको भीमदत्त -११ द्वारा जेनजी शहीद निरज पन्तको सम्मानमा ‘निरज चोक’

कञ्चनपुरको भीमदत्त -११ द्वारा जेनजी शहीद निरज पन्तको सम्मानमा ‘निरज चोक’

२०८२ असार २५, बुधबार ०७:२६
समानुपातिक सांसद छनोटका लागि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

समानुपातिक सांसद छनोटका लागि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

२०८२ असार २५, बुधबार ०७:२६

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व