Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कैलाली कारागारमा कैदीको मृत्यु प्रकरणः प्रहरी सई पक्राउ

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार ५, २०८२
कैलाली कारागारमा कैदीको मृत्यु प्रकरणः प्रहरी सई पक्राउ
0
SHARES
196
VIEWS
Share on FacebookShare on Twitter

धनगढी – कैलाली कारागारमा कैदीको रहस्यमय मृत्यु प्रकरणमा नेपाल प्रहरीका एक प्रहरी नायब निरीक्षक (सई) हरजीत नाथ पक्राउ परेका छन्। डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिस सिंह पालीको मृत्यु घटनामा संलग्न रहेको आशंकामा जिल्ला प्रहरी कार्यालय कैलालीले नाथलाई नियन्त्रणमा लिएको हो।

प्रहरी प्रवक्ता डीएसपी राजकुमार सिंहका अनुसार, मृतक पक्षले दिएको किटानी जाहेरीका आधारमा नाथलाई पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखिएको हो। पक्राउ परेका सई नाथ पालीविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दा दायर गर्ने वादी पक्षसमेत रहेका थिए। सोही मुद्दामा जिल्ला अदालत कैलालीले पालीलाई १० दिन कैद र दुई लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।

मृतक पालीकी श्रीमती जानकी साउँदले पति हरिसको कारागारभित्रै योजनाबद्ध हत्या गरिएको आरोप लगाउँदै प्रहरीसहित पाँच जनाविरुद्ध जाहेरी दिएकी थिइन्। तर, प्रहरीले जाहेरी सच्याउन आग्रह गरेपछि दोस्रो दिन पुनः नाथविरुद्ध मात्रै जाहेरी दर्ता गरिएको हो।

पालीलाई प्रहरीले २९ जेठमा डडेल्धुराबाट पक्राउ गरी ३० गते धनगढी ल्याएको थियो। अदालतमा पेश गरिएको असार १ गतेकै दिन उनलाई कारागार चलान गरिएको थियो। असार २ गते राति साढे १० बजे, कारागारको बाथरुम नजिकै अचेत अवस्थामा भेटिएका पालीलाई सेती प्रादेशिक अस्पताल ल्याइए पनि सोही राति उनको मृत्यु भएको थियो।

शरीरमा चोटपटक देखिएको भन्दै परिवारले घटनालाई योजनाबद्ध हत्या भनेको छ। पीडित पक्षले जाहेरी दर्ता गर्न पाएपछि मात्र शव बुझ्ने अडान लिएको थियो। अब शवको पोस्टमार्टम गरी परिवारलाई बुझाइने प्रहरीले जनाएको छ।

घटनाले प्रहरी र कारागार प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न उठाउँदै कारागारभित्रको सुरक्षा अवस्था र पारदर्शितामाथि समेत चासो पैदा गरेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई घुस मागेको आरोप लगाउने वन अधिकृत मन्त्रालयबाटै पक्राउ
कैलाली

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई घुस मागेको आरोप लगाउने वन अधिकृत मन्त्रालयबाटै पक्राउ

चैत्र २, २०८२
बर्दगोरियामा एनएमबि लघुवित्तद्वारा मृत्यु दाबी बीमा रकम हस्तान्तरण
कैलाली

बर्दगोरियामा एनएमबि लघुवित्तद्वारा मृत्यु दाबी बीमा रकम हस्तान्तरण

मंसिर ११, २०८२
धनगढीमा पनि जेनजीको प्रर्दशन
देश/राष्ट्रिय

धनगढीमा पनि जेनजीको प्रर्दशन

भदौ २३, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

साउन २२, २०८३
सामान्य घट्यो शेयर बजार, कारोबार रकम वैशाख १५ यताकै उच्च

नेप्से कारोबार ३ अर्ब ७७ करोडमा सीमित

साउन २२, २०८३
प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

साउन २२, २०८३
डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

साउन २२, २०८३
प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

साउन २२, २०८३
सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

आजै जवाफ दिन सभामुखको सरकारलाई निर्देशन

साउन २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व