Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरमा ‘११५५: मौसम हालखबर के छ ?’ अभियान सुरु

प्रकाश भट्ट by प्रकाश भट्ट
असार २, २०८२
कञ्चनपुरमा ‘११५५: मौसम हालखबर के छ ?’ अभियान सुरु
0
SHARES
198
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीएले मौसमसम्बन्धी सूचनालाई सरल र सहज बनाउने उद्देश्यका साथ ‘११५५ : मौसम हालखबर के छ ?’ अभियान सञ्चालन गरेको छ। यो अभियानले विशेषगरी विपद् जोखिममा रहेका समुदायलाई समयमै सही जानकारी उपलब्ध गराउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) का उपसचिव वेदनिधि खनाल र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले संयुक्त रूपमा अभियानको लोगो अनावरण गर्दै औपचारिक शुभारम्भ गर्नुभएको हो।

अभियानको शुभारम्भ गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) का उपसचिव वेदनिधि खनालले विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीको महत्त्वमाथि प्रकाश पार्नुभयो। उहाँले ‘११५५’ जस्ता सरल हटलाइन सेवाले आम नागरिकलाई विपद्बाट सुरक्षित रहनका लागि आवश्यक जानकारीमा पहुँच पुर्‍याउने र यसले मानवीय तथा भौतिक क्षति न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

जल तथा मौसम विज्ञान बिभागका मौसमबिद बिनु महर्जनले यो अभियानलेआम नागरिकमा मौसमसम्बन्धी चेतना अभिवृद्धि भई उनीहरूलाई सम्भावित जोखिमबाट बच्न पूर्वतयारी गर्न मद्दत पुग्ने बताउनुभयो। मौसम पूर्वानुमानलाई अझै जनमुखी र प्रभावकारी बनाउन यस्ता अभियानको ठूलो महत्त्व रहेको उहाँले बताउनुभयो।

डीसीएका व्यवस्थापक दिनेश गुरुङले मौसमसम्बन्धी जटिल जानकारीलाई ग्रामीण तथा सामान्य नागरिकले समेत बुझ्ने गरी सरल र सहजै प्रवाह गर्न यो अभियान केन्द्रित रहेको बताउनुभयो। उहाँले ‘११५५’ हटलाइन नम्बरमार्फत कुनै पनि व्यक्तिले आफ्नो क्षेत्रको मौसमसम्बन्धी जानकारी तत्काल प्राप्त गर्न सक्ने र यसले विपद् पूर्वतयारीमा ठूलो सहयोग पुग्ने बताउनुभयो।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) निमित्त कार्यकारी प्रमुख बिनोद बिक्रम जैरुले आफ्नो संस्था सदैव समाजको हित र विशेषगरी विपद् न्यूनीकरणको क्षेत्रमा सक्रिय रहेको बताउनुभयो। उहाँले यस ‘११५५ : मौसम हालखबर के छ ?’ अभियानले नागरिकको जीवन रक्षामा प्रत्यक्ष टेवा पुर्‍याउने भन्दै यसलाई सफल बनाउन सबै पक्षको सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जिल्लाका लागि यो अभियान निकै महत्त्वपूर्ण रहेको बताउनुभयो। उहाँले कञ्चनपुर जिल्ला विपद्को उच्च जोखिममा रहेको र यस्तो अवस्थामा समयमै मौसमसम्बन्धी जानकारी पाउनु नागरिकको जीवन रक्षाका लागि अपरिहार्य हुने उल्लेख गर्नुभयो। ढकालले जिल्ला प्रशासन कार्यालयबाट अभियानलाई पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै यसको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित सबै निकायलाई आह्वान गर्नुभयो।

कार्यक्रममा विपद् व्यवस्थापनसँग सम्बन्धित विभिन्न निकायका प्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले अभियानको सफलताको कामना गर्दै यसले विपद् पूर्वतयारीमा जनचेतना अभिवृद्धि गर्न थप टेवा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

हरिशयनी (देवशयनी) एकादशी : शास्त्रीय आधार, धार्मिक परम्परा, सामाजिक–सांस्कृतिक तथा वैज्ञानिक महत्त्व
देश/राष्ट्रिय

हरिशयनी (देवशयनी) एकादशी : शास्त्रीय आधार, धार्मिक परम्परा, सामाजिक–सांस्कृतिक तथा वैज्ञानिक महत्त्व

साउन ९, २०८३
संसद्को गरिमा : आशाबाट प्रश्नसम्म, प्रश्नबाट समाधानसम्म 
Uncategorized

संसद्को गरिमा : आशाबाट प्रश्नसम्म, प्रश्नबाट समाधानसम्म 

साउन ८, २०८३
विपद्‌बाट कागजात जोगाउन दोधारा चाँदनीमा ‘कागजपत्र सुरक्षा फाईल’ वितरण; उद्धार र राहतमा मार्गप्रशस्त हुने अपेक्षा
देश/राष्ट्रिय

विपद्‌बाट कागजात जोगाउन दोधारा चाँदनीमा ‘कागजपत्र सुरक्षा फाईल’ वितरण; उद्धार र राहतमा मार्गप्रशस्त हुने अपेक्षा

साउन ५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

गगन थापा : प्रधानमन्त्री प्रधानमन्त्रीको भूमिकामा देखिनुपर्छ

गगन थापा : प्रधानमन्त्री प्रधानमन्त्रीको भूमिकामा देखिनुपर्छ

साउन १३, २०८३
ऊर्जामन्त्री श्रेष्ठ र जाइका अध्यक्षबीच ऊर्जा सहकार्यबारे छलफल

ऊर्जामन्त्री श्रेष्ठ र जाइका अध्यक्षबीच ऊर्जा सहकार्यबारे छलफल

साउन १३, २०८३
भीमदत्तको मटैना सिवटोलस्थित बैजनाथ मन्दिरमा सरसफाइ

भीमदत्तको मटैना सिवटोलस्थित बैजनाथ मन्दिरमा सरसफाइ

साउन १२, २०८३
बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

साउन ११, २०८३
लोकसेवा विवादमा विद्यार्थीको कटाक्ष : पहुँच भए स्वकीय सचिव खाऊ, लोकसेवा भिड्ने भए छैन जाऊ

लोकसेवा विवादमा विद्यार्थीको कटाक्ष : पहुँच भए स्वकीय सचिव खाऊ, लोकसेवा भिड्ने भए छैन जाऊ

साउन ११, २०८३
शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

नेप्से ३३ अंकले घट्यो, कारोबार रकम पनि घट्यो

साउन ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व