Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मौलिक संस्कृति र गाउँघरको सम्झना बोकेको ‘गाउँघरै घमाइलो’ सार्वजनिक

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक ११, २०८३
मौलिक संस्कृति र गाउँघरको सम्झना बोकेको ‘गाउँघरै घमाइलो’ सार्वजनिक
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली मौलिक संस्कृति, गाउँघरको आत्मीयता र तिहारको उल्लास समेटिएको तिहार विशेष गीत ‘गाउँघरै घमाइलो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। सन् २०२६ को तिहारलाई लक्षित गरी तयार पारिएको गीतले नेपाली परम्परा, पारिवारिक सम्बन्ध र सांस्कृतिक पहिचानको महत्त्वलाई उजागर गरेको छ।

पूर्वन्यायाधीश तथा गीतकार भीमकुमार ओझाको शब्द र आफ्नै लगानीमा तयार भएको गीत उहाँकै आधिकारिक युट्युब च्यानल Bhim Kumar Ojha Official मार्फत सार्वजनिक गरिएको हो।

गीतमा चर्चित संगीतकार सन्तोष बिसीको संगीत रहेको छ भने सन्तोष बिसी, अञ्जु गौतम, जुन प्रसाई र पार्वती भुजेलले स्वर दिएका छन्। नारायण दङ्गालको संगीत संयोजन रहेको गीत बागबजारस्थित शङ्करा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो। रेकर्डिङमा सागर पुन तथा मिक्सिङ र मास्टरिङमा इन्जिनियर कुमार सानुको योगदान रहेको छ।

यम गुरुङको कोरियोग्राफी रहेको म्युजिक भिडियोमा गीतकार ओझासहित उहाँकी धर्मपत्नी देवी ओझा, आयुष्मा खत्री, सरिता ओझा, सुधीर श्रेष्ठ, रिना थापा मगर, अनिस क्षेत्री र ज्योति खड्काले अभिनय गरेका छन्।

गीतकार ओझाका अनुसार ‘गाउँघरै घमाइलो’ मनोरञ्जनमा मात्र सीमित नभई नेपाली मौलिक संस्कार, संस्कृति र गाउँघरप्रतिको आत्मीयता अभिव्यक्त गर्ने प्रयास हो। आधुनिकताको प्रभावसँगै ओझेल पर्दै गएका सांस्कृतिक परम्परालाई नयाँ पुस्तासम्म पुर्‍याउनु गीतको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो।

तिहारको झिलिमिली, दीपावली, देउसी–भैलो, दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्ध र पारिवारिक मायालाई गीत तथा दृश्यका माध्यमबाट प्रस्तुत गरिएको छ। यसले विदेशमा रहेका नेपालीलाई गाउँघर र परिवारको सम्झना गराउनुका साथै स्वदेशमा रहेकाहरूमा मौलिक संस्कृति संरक्षणप्रतिको चेतना बढाउने अपेक्षा गरिएको छ।

आफ्नो सिर्जना दर्शक तथा श्रोतामाझ पुर्‍याउन पाउँदा खुसी लागेको बताउँदै गीतकार ओझाले गीतमार्फत नेपालीपन र सांस्कृतिक परम्पराप्रतिको प्रेम अभिव्यक्त गर्न खोजिएको उल्लेख गर्नुभयो।

तिहारको उल्लाससँगै आत्मीयता, सद्भाव र सांस्कृतिक संरक्षणको सन्देश बोकेको ‘गाउँघरै घमाइलो’ ले नेपाली मौलिक परम्परालाई नयाँ पुस्तासम्म पुर्‍याउन योगदान गर्ने अपेक्षा गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

भोटेकोशी बाढीका बेपत्ताको डीएनए रिपोर्ट अझै आएन, परिवार पीडामा
फ्ल्यास हेडिङ

भोटेकोशी बाढीका बेपत्ताको डीएनए रिपोर्ट अझै आएन, परिवार पीडामा

कार्तिक ११, २०८३
इजरायलमा आमचुनाव, नेतान्याहुलाई आइजेनकोटको चुनौती
फ्ल्यास हेडिङ

इजरायलमा आमचुनाव, नेतान्याहुलाई आइजेनकोटको चुनौती

कार्तिक ११, २०८३
चलचित्र निर्माणका लागि साढे ३ करोड अनुदान दिने सरकार
फ्ल्यास हेडिङ

चलचित्र निर्माणका लागि साढे ३ करोड अनुदान दिने सरकार

कार्तिक ११, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भोटेकोशी बाढीका बेपत्ताको डीएनए रिपोर्ट अझै आएन, परिवार पीडामा

भोटेकोशी बाढीका बेपत्ताको डीएनए रिपोर्ट अझै आएन, परिवार पीडामा

कार्तिक ११, २०८३
इजरायलमा आमचुनाव, नेतान्याहुलाई आइजेनकोटको चुनौती

इजरायलमा आमचुनाव, नेतान्याहुलाई आइजेनकोटको चुनौती

कार्तिक ११, २०८३
चलचित्र निर्माणका लागि साढे ३ करोड अनुदान दिने सरकार

चलचित्र निर्माणका लागि साढे ३ करोड अनुदान दिने सरकार

कार्तिक ११, २०८३
त्रिवि मैदानमा एनपीएलको रौनक

त्रिवि मैदानमा एनपीएलको रौनक

कार्तिक ११, २०८३
एनपीएलमा आज दुई खेल, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै

एनपीएलमा आज दुई खेल, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै

कार्तिक ११, २०८३
मौलिक संस्कृति र गाउँघरको सम्झना बोकेको ‘गाउँघरै घमाइलो’ सार्वजनिक

मौलिक संस्कृति र गाउँघरको सम्झना बोकेको ‘गाउँघरै घमाइलो’ सार्वजनिक

कार्तिक ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व