काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन्। पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज दिउँसो साढे १२ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भिड्नेछन्।
त्यस्तै, दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच साँझ ५ बजे प्रतिस्पर्धा हुनेछ।
सोमबार भएको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो।

सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य लुम्बिनीले ९ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गरेको थियो। त्यसअघि सुदूरपश्चिम १७ ओभर २ बलमा ८७ रनमा अलआउट भएको थियो।
एनपीएलको तेस्रो संस्करण मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।










Discussion about this post