Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आजको मौसम : पाँच प्रदेशमा मनसुनी वायुको प्रभाव, यी स्थानमा हुनेछ भारीदेखि धेरै भारी वर्षा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ ३१, २०८२
मनसुनी प्रणाली भारतको केरला आइपुग्यो, अवरोध नभए औसत मितिभन्दा चाँडै नेपाल भित्रिने
0
SHARES
45
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – नेपालमा मनसुन भित्रिएको १५ दिन बितिसक्दा पनि देशभरि विस्तार भइसकेको छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार जेठ १५ गते राति नेपाल भित्रिएको मनसुनको प्रभाव अहिले कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै स्थानमा मनसुनी वायुको प्रभाव छ।

पश्चिमी भूभागमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ। मनसुनी वायु त्यति शक्तिशाली बन्न नसक्दा र बंगालको खाडीमा न्यूनचापीय प्रणाली पनि नबन्दा कोशीबाट अन्यत्र फैलन समय लागेको हो। यद्यपि पछिल्लो चौबीस घन्टामा देशका पहाडी र तराई भूभागका अधिकांश स्थानमा वर्षा भएको छ। दाङको बेलझुन्डीमा अन्यत्रभन्दा बढी पानी परेको छ। त्यहाँ ९९.६ मिलिमिटर वर्षा मापन भएको छ। बझाङको थलेरमा ६५.२ मिलिमिटर, सल्यानको सल्यान बजारमा ४६.६ मिलिमिटर, प्यूठानको हंसपुरमा ४०.४ मिलिमिटर वर्षा भएको छ।

बितेको ६ घन्टायता भने वर्षा नभएको महाशाखाको वेबसाइटले देखाउँछ। शनिबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान छ।

दिउँसो कोशी प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा साथै मधेश प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरू र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू तथा बाँकी उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ। शनिबार राति देशभर आंशिक देखि साधारणतया बदली रहने पूर्वानुमान छ। साथै कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको धेरै स्थानहरू, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ महाशाखाले जनाएको छ।

कोशी प्रदेशको थोरै स्थानहरूमा तथा मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा राति भारीदेखि धेरै भारी बर्षाको पनि सम्भावना रहेको छ महाशाखाले जनाएको छ। देशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा पनि राति हल्का वर्षा/ हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरमा सामुदायिक वन दिवसमा वृक्षारोपण
वातावरण

कञ्चनपुरमा सामुदायिक वन दिवसमा वृक्षारोपण

साउन २५, २०८३
पूर्वानुमानमा आधारित पूर्वकार्य राष्ट्रिय कार्यढाँचाको स्थानीयकरणका लागि सुदूरपश्चिममा प्रदेश स्तरीय संवाद सम्पन्न; ११ बुँदे सामूहिक प्रतिबद्धता पत्र जारी
देश/राष्ट्रिय

पूर्वानुमानमा आधारित पूर्वकार्य राष्ट्रिय कार्यढाँचाको स्थानीयकरणका लागि सुदूरपश्चिममा प्रदेश स्तरीय संवाद सम्पन्न; ११ बुँदे सामूहिक प्रतिबद्धता पत्र जारी

साउन २३, २०८३
मनसुन बाहिरिने समयमा फेरि सक्रिय
फ्ल्यास हेडिङ

देशका अधिकांश भागमा वर्षाको सम्भावना

साउन १५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब

साउन ३१, २०८३
कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता

कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता

साउन ३१, २०८३
एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन

एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन

साउन ३१, २०८३
देउवाकै नेतृत्वमा कांग्रेसको १५औँ महाधिवेशन गर्ने सहमति

देउवाकै नेतृत्वमा कांग्रेसको १५औँ महाधिवेशन गर्ने सहमति

साउन ३१, २०८३
न्यायको आसनदेखि गीतको संसारसम्म : गीतकार भीमकुमार ओझाको सिर्जनायात्रा

न्यायको आसनदेखि गीतको संसारसम्म : गीतकार भीमकुमार ओझाको सिर्जनायात्रा

साउन ३१, २०८३
संरक्षणको पर्खाइमा ऐतिहासिक ५२ ढोके दरबार, स्थानीयद्वारा सरसफाइ

संरक्षणको पर्खाइमा ऐतिहासिक ५२ ढोके दरबार, स्थानीयद्वारा सरसफाइ

साउन ३१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व