Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

प्रेस सेन्टर सुदूरपश्चिमको बैठक सम्पन्न: नागरिकका समस्या र पत्रकारको हकहितमा जोड

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २५, २०८२
प्रेस सेन्टर सुदूरपश्चिमको बैठक सम्पन्न: नागरिकका समस्या र पत्रकारको हकहितमा जोड
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । प्रेस सेन्टर नेपाल, सुदूरपश्चिम प्रदेश समितिको तेस्रो पूर्ण बैठक कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न भएको छ। आइतबार सम्पन्न उक्त बैठकले सांगठनिक तथा सामाजिक विषयहरूमा महत्त्वपूर्ण निर्णयहरू गरेको छ।

प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष केशव जोशीको अध्यक्षतामा बसेको बैठकमा आम नागरिकका मुद्दा उठानदेखि श्रमजीवी पत्रकारको हकहित र सुरक्षाका विषयमा जोड दिइएको थियो। बैठकले विशेष गरी भारतले नेपालको दार्चुला र कञ्चनपुरलगायतका जिल्लाहरूमा गरेको सीमा अतिक्रमणका विषयमा समेत गहन छलफल गरी स्पष्ट अडान लिने निर्णय गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि तथा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष कमल गिरीले प्रेस सेन्टरले सधैं पत्रकारको हकहित, अधिकार र स्वतन्त्रताको पक्षमा लड्दै आएको बताउनुभयो। उहाँले भन्नुभयो, “आजको समयमा पत्रकारितालाई सुदृढ बनाउँदै राष्ट्रिय चासोका विषयमा स्पष्ट अडान लिनु जरुरी भइसकेको छ।” अध्यक्ष गिरीले भारतीय अतिक्रमणविरुद्ध प्रेस जगत एकजुट हुनुपर्नेमा विशेष जोड दिनुभयो।

बैठकमा विशिष्ट अतिथि ओमविक्रम भाट ‘सरल’, अतिथि केशव योगी, केन्द्रीय उपाध्यक्षहरू रामसिंह ठगुन्ना र लक्ष्मण खड्का, महासचिव मनोज घर्तीमगर, उपमहासचिव हरिष विक र सचिव राजेन्द्र अवस्थीलगायत केन्द्रीय तथा प्रदेशस्तरीय नेताहरूको उपस्थिति रहेको थियो। बैठकमा संगठनात्मक सुदृढीकरण, पत्रकार सुरक्षा, र पेसागत चुनौतीहरूका बारेमा व्यापक छलफल भएको थियो।

बैठकमा सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागी पत्रकार नेताहरूले स्थानीय स्तरमा पत्रकारमाथि हुने हिंसा र दुर्व्यवहारका घटना न्यूनीकरण गर्न सम्बन्धित पक्षलाई सचेत गराएका छन्।

प्रेस सेन्टर सुदूरपश्चिम प्रदेशले बैठकबाट पत्रकारिता क्षेत्रमा देखिएका समस्या, चुनौती र सम्भावनाका विषयमा गहन छलफल गर्दै आगामी कार्यदिशा तय गरेको जनाएको छ। संगठनले केवल आन्तरिक सुदृढीकरणमा मात्र नभई, राष्ट्रिय स्वाभिमान र सीमा सुरक्षा जस्ता संवेदनशील विषयमा पनि पत्रकार र आम नागरिकले आफ्नो जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिएको छ।

बैठकले आम नागरिकको आवश्यकता र बदलिँदो समयअनुसार पत्रकारितामा आवश्यक परिवर्तनको खाँचो रहेको समेत औंल्याएको छ। प्रेस सेन्टर सुदूरपश्चिमले पत्रकारको हकहितसँगै राष्ट्रिय स्वतन्त्रताको पक्षमा पनि दृढतापूर्वक आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो
society

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो

अशोज २७, २०८३
सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार महादेव अवस्थी सम्मानित
देश/राष्ट्रिय

सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार महादेव अवस्थी सम्मानित

अशोज २३, २०८३
जनज्योति माध्यमिक विद्यालयमा ‘जिज्ञासा मञ्च’
देश/राष्ट्रिय

जनज्योति माध्यमिक विद्यालयमा ‘जिज्ञासा मञ्च’

अशोज १८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आज पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना

आज पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना

अशोज २८, २०८३
अन्नपूर्ण संरक्षण क्षेत्रमा सेप्टेम्बरमा २१ हजारभन्दा बढी पर्यटक

अन्नपूर्ण संरक्षण क्षेत्रमा सेप्टेम्बरमा २१ हजारभन्दा बढी पर्यटक

अशोज २८, २०८३
मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला, तयारी तीव्र

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला, तयारी तीव्र

अशोज २८, २०८३
पाकिस्तानलाई हराउँदै श्रीलङ्काले जित्यो अन्तिम टी–२०

पाकिस्तानलाई हराउँदै श्रीलङ्काले जित्यो अन्तिम टी–२०

अशोज २८, २०८३
ग्यास अभाव कायमै, फरक कम्पनीका सिलिन्डर साट्ने सुविधा बन्द

ग्यास अभाव कायमै, फरक कम्पनीका सिलिन्डर साट्ने सुविधा बन्द

अशोज २८, २०८३
सुदूरपश्चिमको बजेट पारित, तीन महिनादेखिको अन्योल अन्त्य

सुदूरपश्चिमको बजेट पारित, तीन महिनादेखिको अन्योल अन्त्य

अशोज २८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व