Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरको भीमदत्त -११ मा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न: सयौं लाभान्वित

प्रकाश भट्ट by प्रकाश भट्ट
२०८२ जेष्ठ २४, शनिबार १९:५६
कञ्चनपुरको भीमदत्त -११ मा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न: सयौं लाभान्वित
0
SHARES
62
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ११ मा शनिबार बृहत् तथा निशुल्क विशेषज्ञ स्वास्थ्य सेवा शिविर सफलतापूर्वक सम्पन्न भएको छ। भीमदत्त ११ को आयोजना तथा महाकाली प्रादेशिक अस्पतालको प्राविधिक सहकार्यमा सञ्चालित यस शिविरबाट सयौं स्थानीयबासीले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिई लाभान्वित भएका छन्।

भीमदत्त ११ का वडा अध्यक्ष प्रकाश थापाले आफू जनप्रतिनिधिको रूपमा निर्वाचित भएदेखि नै वडाबासीको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै आएको बताए। उनले यो शिविर आफ्नो कार्यकालको तेस्रो संस्करण भएको जानकारी दिँदै, प्रत्येक वर्ष वडामा यस्ता स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएको उल्लेख गरे। “स्वस्थ नागरिक नै समृद्ध समाजको आधार हुन्,” अध्यक्ष थापाले भने, “हामी वडाबासीको घरदैलोमै गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन हरदम प्रयासरत छौं र भविष्यमा पनि यस्ता जनमुखी कार्यक्रमहरूलाई निरन्तरता दिनेछौं।” उनले वडाबासीको स्वास्थ्यप्रतिको चासो र सहभागिताले आफूलाई थप हौसला मिलेको पनि बताए।

भीमदत्त नगरपालिकाका प्रशासकीय अधिकृतले हरि सिहं धामीले वडा कार्यालयको यस प्रशंसनीय कार्यको लागि हार्दिक धन्यवाद व्यक्त गरे। उनले नगरपालिकाले सधैं स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच बढाउनका लागि यस्ता उदाहरणीय कार्यहरूमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता दोहोर्याए।

यसैगरी, महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. अर्जुन भट्टले यस किसिमका शिविरहरूले विशेषगरी ग्रामीण भेगका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले अस्पतालले भविष्यमा पनि वडा कार्यालय र अन्य स्थानीय निकायहरूसँग सहकार्य गर्दै यस्ता जनमुखी स्वास्थ्य कार्यक्रमहरूलाई निरन्तरता दिने विश्वास दिलाए।

आधारभूत स्वास्थ्य सेवा केन्द्र भीमदत्त ११ का अहेव नरबहादुर टमाटाले शिविरमा सामान्य स्वास्थ्य परीक्षण, रक्तचाप र सुगर जाँच, विभिन्न रोगहरूको निदानका लागि परामर्श, र आवश्यक औषधि वितरण जस्ता सेवाहरू प्रदान गरिएको जानकारी दिए। उनले शिविरमा विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोलीले बिहानैदेखि सेवा प्रदान गरेको र वडाबासीको उल्लेख्य उपस्थिति रहेको बताए।

शिविरमा सहभागी वडाबासीले यस निशुल्क स्वास्थ्य शिविरको खुलेर प्रशंसा गरेका छन्। नियमित रूपमा यस्ता शिविरहरू सञ्चालन हुँदा स्वास्थ्य सेवामा सहज पहुँच पुगेको र यसले आर्थिक भार पनि कम भएको उनीहरूको भनाइ छ। वडाबासीले यस कार्यका लागि वडा अध्यक्ष थापा र सम्पूर्ण आयोजक टिमलाई धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि यस्ता कार्यक्रमहरू जारी रहने अपेक्षा राखेका छन्।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

सूर्योदय वोमी लघुवित्तद्वारा बाख्रा पालन तालिम सम्पन्न
फ्ल्यास हेडिङ

सूर्योदय वोमी लघुवित्तद्वारा बाख्रा पालन तालिम सम्पन्न

२०८२ जेष्ठ २४, शनिबार १९:५६
नयाँ आन्दोलन हुदैँछ, तयारीमा बस्नुहोस्ः प्रचण्ड
फ्ल्यास हेडिङ

नेकपाले मंसिरमा ११–१५ मा एकताको महाधिवेशन गर्ने

२०८२ जेष्ठ २४, शनिबार १९:५६
कञ्चनपुरमा अटोबाट खसेर वृद्धको मृत्यु
फ्ल्यास हेडिङ

कञ्चनपुरमा अटोबाट खसेर वृद्धको मृत्यु

२०८२ जेष्ठ २४, शनिबार १९:५६

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सूर्योदय वोमी लघुवित्तद्वारा बाख्रा पालन तालिम सम्पन्न

सूर्योदय वोमी लघुवित्तद्वारा बाख्रा पालन तालिम सम्पन्न

२०८२ जेष्ठ २४, शनिबार १९:५६
नयाँ आन्दोलन हुदैँछ, तयारीमा बस्नुहोस्ः प्रचण्ड

नेकपाले मंसिरमा ११–१५ मा एकताको महाधिवेशन गर्ने

२०८२ जेष्ठ २४, शनिबार १९:५६
कञ्चनपुरमा अटोबाट खसेर वृद्धको मृत्यु

कञ्चनपुरमा अटोबाट खसेर वृद्धको मृत्यु

२०८२ जेष्ठ २४, शनिबार १९:५६
गण्डकी प्रदेश प्रमुख र राष्ट्रियसभा उपाध्यक्षबीच भेटवार्ता

गण्डकी प्रदेश प्रमुख र राष्ट्रियसभा उपाध्यक्षबीच भेटवार्ता

२०८२ जेष्ठ २४, शनिबार १९:५६
पर्यटन प्रवर्द्धनका लागि धनगढीको टोली अपि बेस क्याम्प तर्फ प्रस्थान, मेयर हमाल नेतृत्वमा ३० जना सहभागी

पर्यटन प्रवर्द्धनका लागि धनगढीको टोली अपि बेस क्याम्प तर्फ प्रस्थान, मेयर हमाल नेतृत्वमा ३० जना सहभागी

२०८२ जेष्ठ २४, शनिबार १९:५६
यी हुन् सोमवार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय

यी हुन् सोमवार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय

२०८२ जेष्ठ २४, शनिबार १९:५६

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व