Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

चिन्तनको कुहिरोमा हराएको विवेक

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ १३, २०८२
चिन्तनको कुहिरोमा हराएको विवेक
0
SHARES
51
VIEWS
Share on FacebookShare on Twitter

मानव चेतनाको विकासमा विचारको स्पष्टता आधारभूत तत्व हो। विचार केवल मस्तिष्कको गतिविधि होइन, यो अस्तित्वको दिशा दिने चित्तको अवस्था हो, जसले मानिसलाई आत्मबोध, नैतिक विवेक, मूल्यबोध र सामाजिक जिम्मेवारीको अनुभूति गराउँछ। जब विचार प्रष्ट हुन्छ, तब जीवनलाई उद्देश्य, सम्बन्धलाई संवेदनशीलता र कर्मलाई अर्थ प्राप्त हुन्छ। तर विचार अस्पष्ट हुँदा मानिस भावनात्मक अस्थिरतामा फस्छ, जहाँ क्षणिक भावनाहरू, भ्रम र ईगोले तर्क र विवेकलाई विस्थापित गर्छन्। यसरी चेतना कुहिरोमा हराउँदा व्यक्तिको निर्णय क्षणिक प्रतिक्रियामा आधारित हुन थाल्छ।

विचारहीन अवस्थामा मानिसको आत्मचिन्तन क्षीण हुन्छ, जसको परिणामस्वरूप उसले आफ्ना कार्यहरूलाई विवेकसम्मत तवरले हेर्न सक्दैन। कर्म, सम्बन्ध र अस्तित्वबीचको अन्तरसम्बन्ध उसले महसुस गर्न सक्दैन। परिणामस्वरूप, ऊ सामाजिक जीवनमा दिशाहीन, नैतिक निर्णयमा दुर्बल र आत्मबोधमा असमर्थ देखिन्छ। यस्तो स्थिति केवल व्यक्तिगत ह्रास होइन, सामाजिक र सांस्कृतिक संकटको सूचक पनि हो। त्यसैले मानिसको जीवनमा सोचको स्पष्टता र गहिराइ अत्यन्त आवश्यक छ—नत्र, ऊ केवल बाँच्ने प्रक्रियामा सीमित रहन्छ, जिउने कलाबाट वञ्चित हुन्छ।

यस्तो अवस्थामा व्यक्ति निर्णयहीनताको गर्तमा फस्छ। ऊ न त अघिल्लो बाटो त्याग्न सक्छ, न नयाँ दिशा अँगाल्न सक्छ। यो मानसिक दोधार उसलाई आत्मशंकाको चक्रमा फसाउँछ, जहाँबाट निस्कन सजिलो हुँदैन। फलस्वरूप, ऊ नशा, गफ, झगडा, समूहको प्रशंसा, वा झूटो आत्मतुष्टिको शरण लिन्छ। भट्टीतिर लाग्नु शारीरिक लत होइन, एक प्रकारको विचारहीनताको पराजय हो—जहाँ मानिस आफैँबाट भाग्न खोज्छ, किनभने ऊ आफैँप्रति उत्तरदायी हुन नसकेको हुन्छ। यस्तो पलायन चेतनाको क्षय र जीवनको दिशाहीनताको दारुण संकेत हो।
कुरा नमिले पनि निरन्तर गफ गर्ने बानी विचारहीनताको मनोरञ्जनात्मक मुखौटो हो। यस्तो संवाद संवादजस्तो देखिए पनि त्यो अर्थहीन ध्वनिको श्रृंखला मात्र हुन्छ। जब मानिससँग स्पष्ट दृष्टिकोण, तथ्य र तर्क हुँदैन, तब उसले खाली शब्दहरूको भीड खडा गरेर आफूलाई “सक्रिय” देखाउने प्रयत्न गर्छ। यस्ता गफहरूमा विषयको गहिरो विवेचना हुँदैन, केवल सस्तो हाँसो र समर्थनको अपेक्षा हुन्छ। वास्तवमा, यथार्थको आँखा जुधाउन नसक्नेहरू नै यस्ता गफमा रमाउँछन्, किनकि त्यसले उनीहरूलाई विचार गर्नुपर्ने जिम्मेवारीबाट उन्मुक्ति दिन्छ।

त्यस्तै, सानातिना विषयलाई बढाइचढाइ गरेर झगडाको रूप दिने प्रवृत्ति पनि मानसिक अस्थिरताको संकेत हो। यहाँ विषय गौण हुन्छ, अहंकार प्रधान हुन्छ। विचार नभएपछि संवादको उद्देश्य समाधान होइन, वर्चस्व देखाउनुपर्छ भन्ने मानसिकता हाबी हुन्छ। साना कुराबाट उत्पन्न ठूला झगडाहरू वास्तवमा गहिरो आन्तरिक रिक्तताको प्रतिफल हुन्, जसमा मानिसले आफ्नै अस्तित्व प्रमाणित गर्ने असफल प्रयास गर्छ। यस्तो झगडा केवल सतही द्वन्द्व होइन, एक प्रकारको चेतनहीनता हो—जहाँ आत्मबोधको अभावले हिंस्रक वा द्वन्द्वात्मक व्यवहारलाई रोज्छ।

सिग्मण्ड फ्रायडको मनोविश्लेषण सिद्धान्तले मानिसको मानसिक संरचनालाई इड, इगो र सुपरइगोका रूपले व्याख्या गर्छ, जहाँ इडले लालसा र तात्कालिक सन्तुष्टिको खोजी गर्छ, इगोले यथार्थको आधारमा निर्णय लिन्छ, र सुपरइगोले नैतिक मूल्यहरूको पहरेदारी गर्छ। विचार अस्पष्ट हुँदा इगो कमजोर र अनियन्त्रित हुन्छ, जसले इडको वासनात्मक आग्रहहरूलाई थाम्न सक्दैन। यस्तो अवस्थामा मानिस आत्मकेन्द्रित, स्वार्थी र गैर-जिम्मेवार व्यवहारतर्फ आकर्षित हुन्छ। सुपरइगोको चेतना नहुँदा मानिस केवल “चाहनामा” बाँच्छ, “कर्तव्य” बिर्सन्छ। विचारहीन अवस्था, यसर्थ, मानसिक संरचनाको असन्तुलन हो जसले व्यक्ति र समाजलाई हानि पुर्‍याउँछ।

त्यही मानसिक असन्तुलनको परिणतिअरूप ‘तेरो–मेरो’ को विवाद उत्पन्न हुन्छ। विचारहीन मानिसका लागि सम्बन्धहरू आत्मीयताको होइन, स्वामित्वको विषय बन्छन्। उसले प्रेम, स्नेह वा सहयोगभन्दा बढी अधिकारको भाषा बोल्छ। यस्तो मनोवृत्तिमा ‘हाम्रो’ भन्ने सामूहिक चेतना विकसित हुन सक्दैन, किनभने त्यो ‘मेरो’ को सीमाभित्र कैद हुन्छ। जब परिवार, समाज वा मित्रता पनि स्वार्थको औजार बन्न थाल्छन्, तब समर्पणभन्दा प्रतिस्पर्धा, विश्वासभन्दा नियन्त्रण बलियो हुन्छ। यसले अन्ततः सम्बन्धहरूलाई खाडलमा परिणत गर्छ, जहाँ एकता होइन, टकरावको बीउ उम्रन्छ।

विचारहीन मानिसहरू आत्मनिर्भर हुने क्षमताबाट वञ्चित हुन्छन्, जसले गर्दा उनीहरू अरूको सहयोग गर्न असमर्थ हुन्छन्। उनीहरू सिर्जनात्मक प्रयासहरूभन्दा पनि सम्पत्तिमा आश्रित हुन्छन्—भौतिक साधनलाई जीवनको केन्द्र बनाउँछन्, तर आत्मविश्वास र आत्मबोधको विकास गर्न सक्दैनन्। यस्तो मानसिकता परजीवी प्रवृत्तिको हो, जहाँ जीवन आफ्नै खुट्टामा उभिन सक्दैन, अरूको छायामा अडिन्छ। विचारको कमीले उनीहरूलाई सहकार्य होइन, आश्रय खोज्न बाध्य बनाउँछ, जसले समष्टिगत विकासको सन्दर्भमा गम्भीर अवरोध खडा गर्छ।

यिनै मानिसहरू जब समय र ऊर्जाको सही सदुपयोग गर्न सक्दैनन्, तब जीवनको अमूल्य क्षणहरू निरर्थक क्रियाकलापमा खेर जान्छ। उनीहरू जीवनलाई उद्देश्यपूर्ण यात्राका रूपमा होइन, केवल घटनाहरूको शृङ्खला वा एकदिनको पुनरावृत्तिका रूपमा हेर्छन्। विचारविहीनता उनीहरूलाई दीर्घकालीन लक्ष्य निर्माण गर्नबाट रोक्छ, र तिनको ऊर्जा तात्कालिक मनोरञ्जन, प्रदर्शन वा स्वाङमा खर्च हुन्छ। यसले न त व्यक्तिगत विकास सम्भव हुन्छ, न त सामाजिक योगदान। यस्तो अवस्थाले जीवनको सार र सम्भावनालाई बिर्साउने खतरनाक स्थितिमा पुर्‍याउँछ।

विचारविहीनता व्यक्ति स्वयंप्रशंसाको बन्दी बन्ने प्रक्रियाको थालनी हो। जब मानिससँग स्पष्ट विचार, आलोचनात्मक चेत, र आत्मचिन्तनको सामर्थ्य हुँदैन, तब ऊ आफ्ना कमजोरीलाई स्वीकार्न सक्दैन। त्यसैले ऊ आफ्नो प्रशंसा मात्र गर्ने समूहहरू निर्माण गर्छ, जहाँ ‘हाँ’ भन्नेहरूको संख्या बढी हुन्छ, तर यथार्थ बोल्नेहरूको उपस्थिति न्यून हुन्छ। यस्ता समूहहरू संवाद र विचार आदानप्रदानको प्लेटफर्म हुँदैनन्, बरु आत्मतुष्टिको बन्द कोठा बन्न पुग्छन्। यहाँ सत्यभन्दा बढी भावनात्मक सुरक्षा, आत्मरति र अवास्तविक महत्त्वाकांक्षाको पूर्ति प्रधान हुन्छ।
यिनै प्रशंसा–प्रधान घेरोहरू जब भत्किन्छन्, वा साथ छाड्छन्, तब विचारहीन व्यक्ति गहिरो निराशामा जान्छ। उसको आत्मबल समूहको समर्थनमा आधारित हुन्छ, व्यक्तिगत आत्मबोधमा होइन। जसको कारण, जब ऊ त्यो समूहबाट टाढा हुन्छ, उसले आफ्नै अस्तित्वलाई संकटग्रस्त ठान्छ। त्यसबेला ऊ विकल्प खोज्नभन्दा पनि हार स्वीकृत गर्न अग्रसर हुन्छ—धारे हात लगाउँछ, दोष अरूलाई लगाउँछ, र स्वयंको जिम्मेवारीबाट भाग्छ। यसरी समूहको अनुपस्थितिले उसको विचारहीनताको नग्न यथार्थलाई उजागर गर्छ, जहाँ न स्वाभिमान बाँकी रहन्छ, न जिजीविषा।

जीवनको अन्तिम मोडमा पुगेर लिइने हठात् दुस्साहसी निर्णयहरू वास्तवमा विचारहीनताको चरम बिन्दु हो। जब व्यक्तिले जीवनका विविध अवसर, चुनौती र सम्बन्धहरूको मूल्यांकन नगरी निर्णय गर्छ, तब त्यसका परिणामहरू केवल आत्मघाती मात्र होइनन्, अरूका लागि पनि विनाशकारी हुन सक्छन्। यस्तो निर्णय न त विवेकले निर्देशित हुन्छ, न त दीर्घकालीन अनुभवले सन्तुलित बनाउँछ। अन्त्यतिर आइपुगेर लिइने यस्ता कदमहरू पछुतोको मूल स्रोत बन्छन्। जीवनभर गुमाएको छायाँ अन्त्यतिर देखिन थाल्दा ऊ डर, द्वन्द्व र असमर्थताको चपेटामा पर्छ, जसले उसलाई आत्मघातीकै बाटोमा धकेल्छ।

अझ गम्भीर कुरा त के हो भने, यस्तो व्यक्ति जीवनको अन्तिम क्षणमा समेत परिवर्तनको सम्भावनालाई स्वीकार्न सक्दैन। मृत्युको साक्षात्कार– जुन चेतनको सबैभन्दा तीव्र क्षण हुन सक्छ– त्यही बेलामा पनि ऊ रूपान्तरण होइन, जङ्गिएको सोचमा अडिन खोज्छ। ऊ नयाँ चेतना होइन, पुरानो जडतालाई अंगाल्न खोज्छ। यसले देखाउँछ कि विचारको अस्पष्टता केवल बौद्धिक दुर्बलता मात्र होइन, आत्मिक शैथिल्य हो– जहाँ परिवर्तनलाई खतरा मानिन्छ र मृत्युलाई मुक्तिदाता ठानिन्छ। यस्तो अवस्थाले जीवनलाई केवल संख्यात्मक आयुमा सीमित बनाउँछ, गुणात्मक अनुभूति र रूपान्तरणको सम्भावनाबाट वञ्चित राख्छ।
मृत्युपछि ठूलो भीडले लास पोलोस् वा गाडोस् भन्ने चाहना आत्मकेन्द्रित मानसिकताको पराकाष्ठा हो। यस्ता चाहनाहरूले जीवनका अन्तिम क्षणमा समेत सार्थक सम्बन्धभन्दा बाह्य प्रदर्शनलाई प्रमुखता दिन्छ। यो चाहना वास्तवमा विचारहीन जीवनशैलीको विस्तार हो, जसले आफ्नो अस्तित्वलाई केवल अरूको आँखाबाट देख्ने बानी बसाल्छ। जीवित रहँदा जो आफन्तसँग आत्मीयता गाँस्न चुके, उसले मृत्युमा औपचारिक भीड खोज्नु अनौठो होइन। त्यो भीड आफन्तको श्रद्धा होइन, नाटकको दर्शक मात्र हुन्छ, जहाँ मृतकको आत्मा भन्दा बढी उसको सामाजिक हैसियतको अन्तिम प्रदर्शन देखिन्छ।

तेही आत्मप्रदर्शनको मानसिकता ‘१३ दिनको शोकलाई पाँच वर्ष लम्ब्याउने’ योजनामा प्रकट हुन्छ। इच्छा पत्र लेखेर मृत्युलाई एक व्यक्तिगत इभेन्टमा रूपान्तरण गर्ने प्रयासले देखाउँछ कि विचारविहीन व्यक्ति जीवनभर अभिनय गर्छ, र अन्त्यमा त्यो अभिनयकै निरन्तरताको चाहना गर्छ। यहाँ संवेदना छैन, केवल औपचारिकता छ; आत्मचिन्तन छैन, केवल सामाजिक स्वीकार्यता प्राप्त गर्ने व्यग्रता छ। यस्ता मानसिकता व्यक्ति होइन, पात्र जन्माउँछ– जसको मृत्यु पनि एउटा कथा, दृश्य वा अन्तिम दृश्य बन्न पुग्छ, जीवनको निष्कर्ष होइन।

मृत्युपछि आफ्ना निकटहरू वरिपरि रहने आश्वासन दिने प्रवृत्तिले मानव मनको गहिरो डरलाई उजागर गर्छ—एकान्तको भय। यस्तो मनोवृत्तिमा मृत्यु स्वाभाविक प्रक्रिया होइन, नियन्त्रण गर्नुपर्ने अवस्थाजस्तो देखिन्छ। यो प्रवृत्ति केवल भावनात्मक असुरक्षाको परिणाम होइन, विचारहीनताको सूचक हो, जहाँ मृत्युलाई पनि नियतिको स्वीकृति होइन, एक सामाजिक ‘इभेन्ट’ बनाइन्छ। मृत्युप्रति यति बढी भय र भ्रम तब हुन्छ, जब जीवन नै स्पष्ट उद्देश्यविहीन र असंलग्न रहन्छ। यस्तो मानिस आत्मचिन्तन होइन, सामाजिक आश्वासनको भरमा अस्तित्वको पुष्टि खोज्न बाध्य हुन्छ।
विचारको अस्पष्टता केवल व्यक्तिगत कमजोरी वा मानसिक कमजोरी मात्र नभई गहिरो सामाजिक, नैतिक र अस्तित्वगत संकटको सूचक हो भन्ने कुरा यथार्थ छ। यसले व्यक्तिको जीवनलाई मात्र होइन, समाजका सम्बन्धहरूलाई पनि कमजोर बनाउँछ। जब विचार स्पष्ट र विवेकी हुन्छ, तब निर्णयहरू सोचविचार गरेर गरिन्छ, सम्बन्धहरू माया र संवेदनशीलताबाट भरिन्छन्, र जीवनलाई अर्थपूर्ण बनाउने उद्देश्य स्थापित हुन्छ। यसरी स्पष्ट सोचले मान्छेलाई मात्र होइन, पूरै समाजलाई स्थायित्व र प्रगतिको बाटोमा डोर्याउँछ।

तर जब विचार धुमिल हुन्छ, मानिस सतही भोग र बाह्य प्रदर्शनमा रमाउने हुन्छ। गहिरो आत्मचिन्तन र विवेकी समीक्षा बिना नाटकियता र भीडको समर्थनमा आफ्नो अस्तित्वको मर्म बुझ्न नसक्ने अवस्था जन्मिन्छ। यस्तो समाजमा साँच्चिकै जिउने कला लोप हुन्छ र केवल बाँच्छ भन्ने अवस्था आउँछ। त्यसैले आजको युगमा सोच्ने, विश्लेषण गर्ने र आत्मसमीक्षा गर्ने क्षमता विकास गर्नु सबैभन्दा महत्त्वपूर्ण जीवनकला हो, जसले हामीलाई सजीव र सशक्त बनाउँछ।

लेखक डम्मर सिंह साउद दार्चुला बहुमुखी क्याम्पस (सुदूरपश्चिम विश्वविद्यालय) का उपप्राध्यापक हुन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

ह्विलचेयरबाट राज्य र समाजलाई सहायक प्राध्यापक धामीको प्रश्न : ‘दयाभन्दा अधिकार चाहिन्छ’
विचार/ब्लग

ह्विलचेयरबाट राज्य र समाजलाई सहायक प्राध्यापक धामीको प्रश्न : ‘दयाभन्दा अधिकार चाहिन्छ’

असार ३, २०८३
ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती
विचार/ब्लग

ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती

जेष्ठ २३, २०८३
काँग्रेसभित्र सुधारको आवाज उठाउनु गलत होइन : नेता मिश्र
मुख्य समाचार

काँग्रेसभित्र सुधारको आवाज उठाउनु गलत होइन : नेता मिश्र

जेष्ठ १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३
भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

झापाका चिया उद्योग भोलिदेखि बन्द हुने

असार ३, २०८३
त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

असार ३, २०८३
विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

असार ३, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

असार ३, २०८३
गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व