Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मनसुन अवधिमा वर्षा र तापक्रम दुवै सरदरभन्दा बढी हुने प्रक्षेपण, जोखिम न्युनिकरणमा जोड

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ ७, २०८२
मनसुन अवधिमा वर्षा र तापक्रम दुवै सरदरभन्दा बढी हुने प्रक्षेपण, जोखिम न्युनिकरणमा जोड
0
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा वर्षा र तापक्रम दुवै सरदरभन्दा बढी हुने प्रक्षेपण गरेको छ। विभागले बुधबार ऋतुगत मनसुन प्रणालीको पूर्वानुमान सार्वजनिक गर्दै प्राकृतिक विपद्का सम्भावनालाई मध्यनजर गर्दै पूर्वतयारीमा जुट्न सबैलाई आग्रह गरेको छ।

वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार स्थान विशेषअनुसार वर्षा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ६५ प्रतिशतसम्म रहेको छ। पूर्वी नेपालमा औसत, मध्य भागमा औसतभन्दा केही धेरै र पश्चिमी भागमा औसतभन्दा धेरै वर्षाको सम्भावना देखिएको छ।

उनका अनुसार प्रिमनसुन सिजनमै सरदरभन्दा बढी वर्षा भएकाले माटोको चिस्यान बढेको छ, जसले गर्दा मनसुन सुरु हुदाँ हुने अत्यधिक वर्षाले पहिरो, बाढी र डुबानजस्ता विपद् निम्त्याउने जोखिम बढाएको छ।

यसअघि भारतको पुणेमा सम्पन्न दक्षिण एसियाली मौसमी पूर्वानुमान मञ्च (सास्कोफ) को बैठकले पनि नेपालसहित दक्षिण एशियाका अन्य मुलुकहरूमा यस वर्ष मनसुन सक्रिय हुने प्रक्षेपण गरेको थियो। सोही प्रक्षेपणलाई आधार मानेर नेपालमा समेत मनसुनको सम्भावित अवस्था सार्वजनिक गरिएको हो। नेपालमा जुनदेखि सेप्टेम्बरसम्मको अवधिलाई मनसुन काल मानिन्छ। सामान्यतया जुन १३ मा सुरु भई अक्टोबर २ सम्म रहने मनसुन अवधिमा वार्षिक कुल वर्षाको ८० प्रतिशत वर्षा हुने गर्दछ।

वर्षा राम्रो हुँदा कृषि उत्पादन वृद्धि हुने आशा गरिए पनि असमान वितरण तथा अत्यधिक वर्षाले जनधनको क्षति निम्त्याउने भएकाले विज्ञहरूले सचेत रहन आग्रह गरेका छन्। विज्ञहरूका अनुसार अत्यधिक वर्षा र तापक्रमले पानीका स्रोत, कृषियोग्य जमिन, बाली चक्र तथा मानव स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने भएकाले जोखिम न्युनिकरणका उपायहरू अवलम्बन गर्नुपर्ने देखिन्छ।

उनीहरूले बाढी पूर्वानुमान प्रणाली, विपद् व्यवस्थापन योजना, बाली विविधीकरण, मौसमअनुकूल बीउ तथा प्रविधिको प्रयोग, र उद्धार तथा राहत तयारीमा जोड दिएका छन्। मनसुन सुरु हुनुअघि नै जोखिम न्यूनीकरण र जनसुरक्षामा केन्द्रित पूर्वतयारी कार्यक्रमलाई प्राथमिकता दिनु अहिलेको आवश्यकता हो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

चुरेमा ‘सान’ परियोजनाको सक्रियता: विपद् व्यवस्थापनका लागि समुदाय स्तरमै दक्ष जनशक्ति तयार गरिँदै
वातावरण

चुरेमा ‘सान’ परियोजनाको सक्रियता: विपद् व्यवस्थापनका लागि समुदाय स्तरमै दक्ष जनशक्ति तयार गरिँदै

बैशाख २३, २०८३
विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति
देश/राष्ट्रिय

विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति

बैशाख २२, २०८३
तराईमा गर्मी बढ्दै : पहाडी र हिमाली भेगमा हल्का वर्षाको सम्भावना
फ्ल्यास हेडिङ

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो वर्षाको सम्भावना

बैशाख २१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

चुरेमा ‘सान’ परियोजनाको सक्रियता: विपद् व्यवस्थापनका लागि समुदाय स्तरमै दक्ष जनशक्ति तयार गरिँदै

चुरेमा ‘सान’ परियोजनाको सक्रियता: विपद् व्यवस्थापनका लागि समुदाय स्तरमै दक्ष जनशक्ति तयार गरिँदै

बैशाख २३, २०८३
विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति

विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति

बैशाख २२, २०८३
महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

बैशाख २१, २०८३
तराईमा गर्मी बढ्दै : पहाडी र हिमाली भेगमा हल्का वर्षाको सम्भावना

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो वर्षाको सम्भावना

बैशाख २१, २०८३
लिग–२ क्रिकेट: यूएईले ओमानलाई  रनले हरायो

लिग–२ क्रिकेट: यूएईले ओमानलाई रनले हरायो

बैशाख २१, २०८३
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

बैशाख २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व