Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आफ्नो मुटु बचाउन चाहनुहुन्छ ? आजैबाट त्याग्नुस् यी ७ बानी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ ५, २०८२
आफ्नो मुटु बचाउन चाहनुहुन्छ ? आजैबाट त्याग्नुस् यी ७ बानी
0
SHARES
92
VIEWS
Share on FacebookShare on Twitter

हिजोआजको व्यस्त जीवनशैली, अनियमित खानपान बानी, अत्यधिक तनाव र व्यायामको कमीका कारण मुटु रोगको सिकार हुने मानिसको सङ्ख्या बढिरहेको छ । मुटु मांसपेशीबाट बनेको निकै महत्त्वपूर्ण अङ्ग हो । यसको काम सम्पूर्ण शरीरमा रगत आपूर्ति गर्नु हो ।

मुटुमा रगत पुर्‍याउने नलीहरूमा अवरोध हुँदा, रगत नपुगेको मुटुको भागका मांसपेशीहरू मर्न थाल्छन् । जसका कारण मुटुलाई रगत पम्प गर्न गाह्रो हुन्छ ।

जब मुटुको कुनै भागको मांसपेशी रगतको कमीले मर्छ वा काम गर्न बन्द गर्छ, त्यसलाई हृदयाघात भनिन्छ । विश्वभर मुटु रोगबाट हुने धेरैजसो मृत्यु हृदयाघातका कारण हुने गरेको छ । यदि तपाईँ पनि यो रोगबाट बच्न चाहनुहुन्छ भने, तपाईँले आफ्नो केही बानीहरू परिवर्तन गर्नुपर्नेछ र राम्रा बानीहरू अपनाउनुपर्नेछ ।

कोलेस्ट्रोल नियन्त्रणमा
कोलेस्ट्रोललाई आफ्नो मुटुबाट टाढा राख्नुहोस् । कोलेस्ट्रोल बढ्यो भने मुटु रोगको जोखिम बढ्छ । त्यसैले, यदि तपाईंको रक्तचाप वा कोलेस्ट्रोल उच्च छ भने, यसलाई नियन्त्रण गर्न समयमै औषधि लिनुहोस् र आफ्नो खानपिनको राम्रो ख्याल राख्नुहोस् ।

धेरै प्रशोधित चिनी खाने
आजकल, हाम्रो मुटुको स्वास्थ्यलाई सबैभन्दा बढी हानि पुर्‍याउने कुरा भनेको प्रशोधित चिनी बढी खानु हो । धेरै गुलियो खाने लतका कारण मधुमेह, शरीर सुन्निने र मुटु कमजोर हुने जस्ता समस्याहरू देखा पर्दै छन् ।

यदि तपाईँले आफ्नो आहारबाट प्रशोधित चिनीलाई पूर्ण रूपमा हटाइदिनुभयो भने भित्री बोसो, मधुमेह र समयपूर्व मुटु रोगको जोखिमलाई धेरै हदसम्म कम गर्न सक्नुहुन्छ । आफ्नो खानामा प्रशस्त फलफूल र तरकारीहरू समावेश गर्नुहोस् । तपाईँले जति कम प्रशोधित चिनी खानुहुन्छ, त्यति नै फलफूल स्वादिष्ट लाग्नेछ ।

धूम्रपानबाट टाढा रहने

हृदयाघात भएपछि पनि बिडी–चुरोट पिइरहने धेरै बिरामीहरूको एक वर्ष भित्र मृत्यु हुन सक्ने रोमको एक अस्पतालका डाक्टर फुरियो कोलिभिचीले आफ्नो अनुसन्धानमा पत्ता लगाएका थिए । यसको अर्थ मुटु रोगीहरूका लागि धूम्रपान धेरै खतरनाक छ र उनीहरूले यसबाट पूर्ण रूपमा टाढा रहनु पर्छ । धूम्रपानका कारण हृदयाघात भएकाहरूले त झन् यो पिउनै हुन्न ।

कम व्यायाम गर्ने वा बसेर काम गर्ने

व्यायामको लागि समय ननिकाल्नु मुटुको लागि सबैभन्दा खराब कामहरू मध्ये एक हो । विज्ञहरूका अनुसार वयस्कहरूले हप्तामा कम्तीमा १५० मिनेट (साढे दुई घण्टा) हल्का व्यायाम गर्नुपर्छ र दुई दिनसम्म मांसपेशी बलियो बनाउने व्यायाम पनि गर्नुपर्छ । तर इमानदारीपूर्वक भन्नुपर्दा थोरै यताउति गर्ने वा हिँडडुल गर्नु पनि केही न केही फाइदाजनक छ ।

लामो समयसम्म बसिरहनु स्वास्थ्यको लागि पनि राम्रो होइन, विशेष गरी मुटुको लागि । यसले धेरै रोगहरूको जोखिम बढाउँछ । लामो यात्रामा एकोहोरो बसिरहँदा स्वास्थ्य बिग्रिन सक्छ । आफ्नो मुटु स्वस्थ राख्न, धेरै हिँड्नुहोस् र कम बस्नुहोस् ।

निकोटिन तान्ने

कुनै पनि रूपमा श्वासप्रश्वासको माध्यमबाट निकोटिन शरीर भित्र पुर्‍याउनु स्वास्थ्यको लागि सुरक्षित हुन्न । हालैका वर्षहरूमा, भेपिङ, वा ई–चुरोटलाई चुरोटको सुरक्षित विकल्पको रूपमा प्रचार गरिएको छ । फोक्सोलाई हानी पुर्याउनुको अलावा, ई–सिगरेटमा रहेको निकोटिन जस्ता केही पदार्थहरूले मुटुलाई पनि हानि पुर्याउन सक्छ भनेर विज्ञहरू भन्छन् ।

दुखाइ कम गर्ने औषधिको बढी सेवन

टाउको दुखाइ वा अन्य पीडाले हामीलाई सताउँछ, हामी प्रायः डाक्टरलाई सोध्दै नसोधी आफैँ आइबुप्रोफेन र नेप्रोक्सेन जस्ता औषधि खान्छौं । तर यस्ता दुखाइ निवारक औषधि सेवन गर्नाले हृदयाघात र स्ट्रोकको जोखिम बढ्न सक्ने अनि जति लामो समयसम्म यस्ता औषधिको सेवन गरिन्छ जोखिम पनि त्यति नै बढ्छ भनेर २०१५ मै अमेरिकी स्वास्थ्य एजेन्सी एफडीएले चेतावनी दिएको थियो ।

तारेको खानेकुरा

फ्राइड चिकेन वा चीज हालिएको म्याकारोनी जस्ता चीजहरू खान्न भन्न त गाह्रै हुन्छ । तर यो सत्य हो कि यी र यस्तै धेरै अन्य खानेकुरामा स्याचुरेटेड फ्याट र धेरै चिनी हुन्छ । यो हाम्रो मुटुको लागि धेरै हानिकारक हुन्छन् । यस्ता खानेकुरा खाने मानिसहरूमा प्रायः हृदयाघात, उच्च रक्तचाप र मधुमेहको जोखिम बढी हुन्छ भनेर अनुसन्धानले पनि देखाएको छ । धेरै तारेको र गुलियो खानाको सेवन कम गर्नुहोस् । यो तपाईंको मुटुको स्वास्थ्यको लागि राम्रो हुन्न । रातोपाटी बाट साभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बैशाख १८, २०८३
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

बैशाख ५, २०८३
जल तथा मौसम विज्ञान विभागको असोज १८ देखि २० सतर्कता अपनाउन अनुरोध
जीवनशैली

पश्चिम नेपालतर्फ पनि वर्षा गराउने प्रणाली विस्तार हुने

चैत्र १, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

जलवायु जोखिम न्यूनीकरणमा सरकारको जोड

जलवायु जोखिम न्यूनीकरणमा सरकारको जोड

असार २८, २०८३
सुकुम्वासीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन

सुकुम्वासीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन

असार २८, २०८३
समता कर खारेजीको माग गर्दै निजी शैक्षिक संस्थाहरू एकजुट

समता कर खारेजीको माग गर्दै निजी शैक्षिक संस्थाहरू एकजुट

असार २८, २०८३
असारमै २७ प्रतिशत बजेट खर्च, सुदूरपश्चिम सरकारको १२ अर्ब ५९ करोड फ्रिज

असारमै २७ प्रतिशत बजेट खर्च, सुदूरपश्चिम सरकारको १२ अर्ब ५९ करोड फ्रिज

असार २८, २०८३
नागढुंगा–सिस्नेखोला लिङ्क रोडमा बढ्यो मर्निङ वाक गर्नेको आकर्षण

नागढुंगा–सिस्नेखोला लिङ्क रोडमा बढ्यो मर्निङ वाक गर्नेको आकर्षण

असार २८, २०८३
सुन महँगियो, चाँदीको भाउ घट्यो

सुन महँगियो, चाँदीको भाउ घट्यो

असार २८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व