Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

के हो चट्याङ, कसरी बच्ने?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ जेष्ठ ४, आईतवार १०:०३
कञ्चनपुरमा चट्याङ लागेर एकको मृत्यु, एक घाइते

chattyang rain thunder storm

0
SHARES
47
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – अहिले चट्याङको सिजन छ। दिनहुँ धनजनको क्षति भएको समाचार आइरहेका छन्। सप्तरीमा शनिबार बिहान चट्याङ लागेर सात वर्षीया बालिकाको ज्यान गएको छ, अर्का सात वर्षीय बालक घाइते छन्।

चट्याङ पर्ने मुख्य सिजन नेपालमा अप्रिलदेखि सेप्टेम्बर महिनासम्म हो। यो समयमा प्रि-मनसुन र मनसुनको अवधि पर्दछ, जुन बेला वायुमण्डल अस्थिर हुन्छ र मेघगर्जनसहित वर्षा हुने सम्भावना बढी हुन्छ। विशेषगरी, वैशाख, जेठ, असार र साउन महिनामा चट्याङको जोखिम उच्च रहन्छ। दिउँसोको समयमा र साँझपख चट्याङ बढी पर्ने सम्भावना हुन्छ।

प्राध्यापकका अनुसार चट्याङ एक प्रकारको ‘इलेक्ट्रिक चार्ज’ हो। बादलका विपरीत दिशा आपसमा जुधेपछि त्यहाँ करेन्ट उत्पन्न हुन्छ र त्यसबाट ठूलो आगोको मुस्लो निस्किन्छ। यसैलाई ‘बिजुली चम्केको’ भनिन्छ। दुई बादल जुधेपछि ठूलो आवाज निस्किन्छ।

‘एकपटक बिजुली चम्किँदा १२ करोड, ५० लाख भोल्टको करेन्ट उत्पन्न हुन्छ,’ प्राध्यापक रामचन्द्र अधिकारी भन्छन्, ‘३० हजार डिग्री सेन्ट्रीग्रेटसम्म तापक्रम फाल्छ, यो तापक्रम सूर्यको भन्दा बढी हो।’

यो तापक्रम र आगोको मुस्लो जमिनबाट दस किलोमिटर माथिसम्म हुन्छ। अधिकारीका अनुसार यो जमिनसम्म आउने हो भने ठूलो जनधनको क्षति हुन्छ। ‘कुमोलो निम्बस’ नामको बादलबाट उत्पन्न हुने चट्याङ भने यदाकदा जमिनसम्म आउने गर्छ र यसैले भौतिक र मानवीय क्षति गर्छ।

‘त्यो आगोको मुस्लो जमिनमा आइपुगे घरहरू सल्किन्छन्,’ अधिकारी भन्छन्, ‘त्यसलाई पानीले पनि निभाउन सकिँदैन।’

चट्याङबाट मृत्यु हुने गरेका अधिकांश मानिसहरू कोही गाईभैंसी चराउन खुला ठाउँमा भएको बखत, कोही खेतबारीमा काम गरिरहेको बखत र खुला ठाउँमा हिँडिरहेको बखत थिए भन्ने विवरण आउने गरेको छ। विशेषगरी चट्याङले खुला ठाउँमै आक्रमण गर्छ। ठूलो रूख छेउछाउ, अग्ला टावरहरूमा आक्रमण गर्छ।

चट्याङबाट बच्ने उपाय सावधानी हो। चट्याङबाट बच्न घरको बिजुली प्रवाह हुने ‘वायरिङ’मा विशेष ध्यान दिनुपर्छ। यसका लागि ‘अर्थिङ’ उपयुक्त माध्यम हो, जसले घरमा चुहावट भएको करेन्टलाई बाहिर जमिनसम्म पुग्न दिँदैन। अर्थिङमा एकप्रकारको ‘इलेक्ट्रिक यन्त्र’ जडान गरिएको हुन्छ।

‘अर्थिङ’ले बिजुली चम्किँदा निस्केको करेन्ट र घरको करेन्ट जोडिन दिँदैन। जसले गर्दा घर सुरक्षित हुन्छ।

‘आवाजले डराउनु पर्दैन। बिजुली चम्किँदा डराउनुपर्ने हो,’ अधिकारीले भने, ‘बिजुली चम्किँदै करेन्ट प्रवाह भइसकेको हुन्छ, यतिबेलै क्षति भइसकेको हुन्छ।’

बिजुली चम्किएका बखत घरबाहिर वा खुला ठाउँमा नहिँड्नु चट्याङबाट जोगिनु हो। ठूला रूखका फेदमा नबसेको झनै राम्रो हुने अधिकारी बताउँछन्। ‘बिजुली चम्केका बेला इलेक्ट्रिक यन्त्रहरू प्रयोग गर्नुहुँदैन,’ अधिकारी भन्छन्, ’घरमा जडित सर्किटहरू बेला–बेला जाँच गरिरहनुपर्छ, कतै सर्किट लिक भएको छ भने चट्याङले हान्छ।’

त्यसैगरी, अग्ला टावरहरू चट्याङका सिकार हुन्। चट्याङबाट जोगाउन ती टावरमा विशेष किसिमले ‘अर्थिङ’ जोडिएको हुन्छ। तैपनि चट्याङले बेला–बेला टावरमा क्षति गरिरहेकै हुन्छ। यस्ता टावरको वरपर रहने घर तथा बस्ती बढी जोखिमपूर्ण हुन्छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

केही ठाउँको मौसम आंशिक बदली
वातावरण

देशभरको मौसम सफा, चिसो बढ्दै

२०८२ जेष्ठ ४, आईतवार १०:०३
केही ठाउँको मौसम आंशिक बदली
वातावरण

केही ठाउँको मौसम आंशिक बदली

२०८२ जेष्ठ ४, आईतवार १०:०३
केही दिन ठूलो पानी नपर्ने
वातावरण

धेरै ठाउँको मौसम सफा, कोशी र गण्डकीका हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना

२०८२ जेष्ठ ४, आईतवार १०:०३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

केही ठाउँको मौसम आंशिक बदली

देशभरको मौसम सफा, चिसो बढ्दै

२०८२ जेष्ठ ४, आईतवार १०:०३
कञ्चनपुरमा बौद्धिक अपाङ्गता भएका बालबालिका तथा व्यक्तिहरूका लागि अध्ययन–अवलोकन कार्यक्रम

कञ्चनपुरमा बौद्धिक अपाङ्गता भएका बालबालिका तथा व्यक्तिहरूका लागि अध्ययन–अवलोकन कार्यक्रम

२०८२ जेष्ठ ४, आईतवार १०:०३
कति छ आज विदेशी मुद्राको विनिमयदर ?

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, कुनको मूल्य कति ?

२०८२ जेष्ठ ४, आईतवार १०:०३
साउन २९ गते बिहीबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

कार्तिक ३० गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

२०८२ जेष्ठ ४, आईतवार १०:०३
मानव कल्याण नै ठूलो धर्मः प्रदेश प्रमुख भट्ट

मानव कल्याण नै ठूलो धर्मः प्रदेश प्रमुख भट्ट

२०८२ जेष्ठ ४, आईतवार १०:०३
नेपाल फर्किन पाउँदा अत्यन्त उत्साहित छु : एन्ड्र्यू लियोनर्ड

नेपाल फर्किन पाउँदा अत्यन्त उत्साहित छु : एन्ड्र्यू लियोनर्ड

२०८२ जेष्ठ ४, आईतवार १०:०३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व