Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरको महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी सञ्चालनमा

प्रकाश भट्ट by प्रकाश भट्ट
जेष्ठ २, २०८२
कञ्चनपुरको महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी सञ्चालनमा
0
SHARES
596
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–४, जानकी टोल, महेन्द्रनगरमा आधुनिक सुविधासहितको मदरल्याण्ड मण्टेश्वरी विद्यालय सञ्चालनमा आएको छ। २०८१ मा दर्ता भएको यो विद्यालय चालु शैक्षिक सत्र २०८२ देखि औपचारिक रूपमा सञ्चालनमा आएको हो।

करोडौँ लगानीमा निर्माण गरिएको आधुनिक भवनमा वातानुकूलित (एसी) कक्षाकोठाहरू छन्, जुन शिशु र बालबालिकाको पठनपाठनका लागि बालमैत्री वातावरणमा डिजाइन गरिएको छ। विद्यालयले हाल प्रारम्भिक तहका कक्षाहरू– बाल विकास, नर्सरी, एलकेजी, यूकेजी सम्म अङ्ग्रेजी माध्यममा पठनपाठन सञ्चालन गरिरहेको छ भने हालसम्म ७५ जना विद्यार्थी भर्ना भइसकेका छन्। त्यसैगरी विद्यालयले विद्यार्थीहरूको सुविधाका लागि छुट्टै यातायात व्यवस्था पनि उपलब्ध गरेको छ।

विद्यालयकी प्रिन्सिपल सरस्वती चन्द भट्टले मण्टेश्वरी अवधारणामा आधारित गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। “हामीले अभिभावक र बालबालिकाको आवश्यकताअनुसार कक्षाहरू सञ्चालन गरेका छौँ। हाम्रो मुख्य उद्देश्य गुणस्तरीय शिक्षा प्रदान गर्नु हो,” उनले भनिन्।

विद्यालय सञ्चालक समितिका अध्यक्ष नरेन्द्र प्रसाद जोशीले शिक्षाको गुणस्तर वृद्धि गरी दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित विद्यालय सञ्चालनमा ल्याइएको बताए। “हाम्रो आफ्नै जग्गामा निर्माण भएको आधुनिक भवनमा बालमैत्री कक्षाहरू सञ्चालन हुनेछन्। भविष्यमा माथिल्ला कक्षाहरू सञ्चालन गर्न छुट्टै स्थानमा विस्तार गर्ने योजना छ,” उनले भने।

त्यस्तै, सञ्चालक प्रेमराज पनेरु (पुष्कर) ले अभिभावकको आवश्यकतामा केन्द्रित भई शैक्षिक गुणस्तर वृद्धिलाई प्राथमिकता दिएको बताए। विद्यालयमा हाल ८ जना शिक्षिका र ४ जना कर्मचारी कार्यरत छन्।

नेपाल पत्रकार महासंघ कञ्चनपुरकी उपाध्यक्ष धर्मा रोकायाले प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै शैक्षिक गुणस्तरमा कुनै सम्झौता गर्न नहुनेमा जोड दिइन्। विद्यालयको शनिबार भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीले विद्यालयको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

सञ्चालकहरूले मदरल्याण्ड मण्टेश्वरी विद्यालयलाई कञ्चनपुर जिल्लाकै नमुना मण्टेश्वरीका रूपमा स्थापित गर्ने संकल्प व्यक्त गरेका छन्।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

रसुवा बाढी प्रभावितका लागि वेदकोटका युवाद्वारा राहत सामग्री संकलन
फ्ल्यास हेडिङ

रसुवा बाढी प्रभावितका लागि वेदकोटका युवाद्वारा राहत सामग्री संकलन

भदौ २०, २०८३
भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब
कन्चनपुर

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब

साउन ३१, २०८३
कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता
कन्चनपुर

कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता

साउन ३१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

जलवायुजन्य जोखिम हस्तान्तरणका उपायबारे कार्यशाला

जलवायुजन्य जोखिम हस्तान्तरणका उपायबारे कार्यशाला

अशोज ५, २०८३
निड्स नेपालको २७ औँ वार्षीक साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

निड्स नेपालको २७ औँ वार्षीक साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

अशोज ५, २०८३
सार्क राष्ट्रिय अनुसन्धान सम्मेलन सम्पन्न

सार्क राष्ट्रिय अनुसन्धान सम्मेलन सम्पन्न

अशोज ५, २०८३
ट्रम्प–सी भेटअघि अमेरिका–चीनबीच आर्थिक वार्ता

ट्रम्प–सी भेटअघि अमेरिका–चीनबीच आर्थिक वार्ता

अशोज ५, २०८३
प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी, युनाइटेड बराबरीमा

प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी, युनाइटेड बराबरीमा

अशोज ५, २०८३
८१औँ राष्ट्रसङ्घीय महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान

८१औँ राष्ट्रसङ्घीय महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान

अशोज ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व