Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सामाजिक विकास कार्यालयद्वारा निःशुल्क आधारभूत शिक्षा बारे जनप्रतिनिधि र अभिभावकलाई प्रबोधीकरण

प्रकाश भट्ट by प्रकाश भट्ट
बैशाख ३०, २०८२
सामाजिक विकास कार्यालयद्वारा निःशुल्क आधारभूत शिक्षा बारे जनप्रतिनिधि र अभिभावकलाई प्रबोधीकरण
0
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर — संविधानमा निहित आधारभूत शिक्षाको हक कार्यान्वयन हुन नसकेपछि सामाजिक विकास कार्यालय कञ्चनपुरले जनप्रतिनिधि र अभिभावकहरूलाई निःशुल्क शिक्षा सम्बन्धी ऐन र नियमावली बारे जानकारी दिन प्रबोधन कार्यक्रम सञ्चालन गरिरहेको छ।

दशकअघि जारी भएको संविधानको धारा ३१ ले प्रत्येक नेपाली नागरिकलाई निःशुल्क आधारभूत शिक्षा पाउने हक दिएको छ। तर, यसको व्यवस्थापनमा कमजोरी र शुल्क लिने प्रवृत्तिले गर्दा विद्यार्थीहरूले यो हक पाउन असमर्थ बनेका छन्। यसै सन्दर्भमा सामाजिक विकास कार्यालय कञ्चनपुरले स्थानीय सरोकारवालाहरूसँग छलफल गरी निःशुल्क शिक्षा सम्बन्धी ऐन ०७५ र नियमावली ०७७ को प्रावधान बारे जानकारी दिँदै आएको छ।

कार्यालयका निमित्त प्रमुख गोपाल दत्त जोशीले जिल्लाका ९ पालिकामध्ये ५ पालिकामा यस्तो प्रबोधन कार्यक्रम सम्पन्न गरिसकेको बताए। उनले भने, “हामीले बेलडाँडी, बेलौरी, पुनर्वास, शुक्लाफाँटा र वेदकोट नगरपालिकामा जनप्रतिनिधि, विद्यालय प्रशासन र अभिभावकहरूलाई संविधान, ऐन र नियमावलीको बारेमा जानकारी दिएका छौँ। अहिलेसम्म सरकारी विद्यालयहरूमा बाल विकास कक्षाको सुधारको माग प्रमुख रहेको छ।”

वेदकोट नगरपालिकामा आयोजित कार्यक्रममा उपस्थित जनप्रतिनिधि र शिक्षकहरूले निःशुल्क शिक्षाको सुविधा सबैले पाउन सरकारले ठोस कदम चाल्नुपर्ने माग गरे। वेदकोट नगरपालिका प्रमुख भोजराज बोहराले भने, “शिक्षाको हक कार्यान्वयन गर्न स्रोतको अभावले जटिलता छ। तर, सरकारी र निजी विद्यालयबिच सकारात्मक प्रतिस्पर्धा बढाउनुपर्छ।”

मुक्ति आधारभूत विद्यालयका अध्यक्ष गणेश बहादुर विकले सामुदायिक विद्यालयहरूको स्तर सुधार नहुँदा विद्यार्थीहरू आकर्षित हुन नसकेको बताए। उनले भने, “यसका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारले समन्वय गरी काम गर्नुपर्छ।”

यसै गरी, बैजनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक नवराज पन्तले शिक्षाको गुणस्तर बढाउन सरकारले स्रोत थप्नुपर्ने बताए। उनले भने, “शिक्षा सबैको जिम्मेवारी हो। राज्यले नीति बनाउनु पर्छ, समाजले सहयोग गर्नुपर्छ।”

सामाजिक विकास कार्यालयले बाँकी पालिकाहरूमा पनि यस्तै कार्यक्रम गरी प्रदेश सरकारलाई सुझाव पठाउने तयारी गरेको छ। कार्यालय प्रमुख जोशीले भने, “निःशुल्क शिक्षा केवल सरकारको जिम्मेवारी नभएर सम्पूर्ण नागरिकको सहभागिता पनि आवश्यक छ।”

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व