Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

गर्मीमा दूध फाट्न नदिन अपनाउनुस् यी उपाय

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ बैशाख ३०, मंगलवार १३:२८
गर्मीमा दूध फाट्न नदिन अपनाउनुस् यी उपाय
0
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

देशभर गर्मी सुरु भइसकेको छ । यसको प्रभाव पनि देखिन थालेको छ । अचानक बढेको तापक्रमले धेरै समस्या निम्त्याइरहेको छ । गर्मी सुरु भएसँगै खानेकुरा छिटो छिटो बिग्रन थाल्छन् । खासगरी पकाएको खानेकुरा छिटै बिग्रन्छ ।

गर्मीको एउटा मुख्य समस्या भनेको दूध फाट्नु पनि हो । गर्मीका दिनमा दिनहुँ जसो दूध फाटेर हैरान बनाउँछ । बिग्रन नदिन दूधलाई राम्ररी उमालेर फ्रिजमा राख्नु वेश हुन्छ । तर फ्रिज नभएको ठाउँमा वा दिनभरि बिजुली काटिएको बेलामा के गर्ने ? यस्तो अवस्थामा त दूध जोगाउन निकै गाह्रो हुन्छ ।

फ्रिज बिनै दूधलाई फाट्न नदिने केही उपाय पनि छन् । आज हामी तपाईँलाई केही यस्ता टिप्स बताउनेछौँ, जसको सहायताले फ्रिजमा नराखीकनै दूधलाई २४ घण्टासम्म सजिलै ताजा राख्न सक्न सकिन्छ ।

१. दिनमा ३–४ पटक उमालेर राख्ने

दूध नफाटोस् भन्ने चाहनु हुन्छ भने २४ घण्टामा ३ देखि ४ पटकसम्म दूध उमालेर राख्नुस् । दूध उमाल्दाखेरि ग्यासको ठुलो आँच बनाउनु हुँदैन । सानो आँचमा राम्ररी तताउनुस् । हरेक पटक दूध उमाल्न हाल्दा २–३ पटक उमालेपछि मात्रै ग्यास बन्द गर्नु पर्छ । दूध सेलाएर मनतातो भए पनि यसलाई प्लेट वा जालीले हल्का ढाक्नुस् । कहिलेकाहीँ कुँडे पूरै ढाकेर राख्दा पनि दूध फाट्छ ।

२. दूधको भाँडोलाई सफा राख्ने

दूध फाट्नुको एउटा कारण भदालो फोहोर हुनु पनि हो । हरेक पटक दूध उमाल्दा भाँडो सफा छ कि छैन भनेर राम्ररी जाँच्नुस् । भाडा सफा गरेर मात्रै दूध उमाल्न हाल्नुस् । भाँडामा दूध हाल्नुअघि एक वा दुई चम्चा पानी हाल्नु । यसले दूधलाई भाँडोको पिँधमा टाँसिन दिँदैन ।

३. बेकिंग सोडाको प्रयोग

कहिलेकाहीं हामी दूध उमाल्न बिर्सन्छौँ । यस्तो भएको बेलामा दूधमा थोरै बेकिंग सोडा हाल्नुस् । यसले दूधलाई फाट्नबाट बचाउँछ । ग्यासमा दूध उमाल्न राख्दा त्यसमा एक चिम्टी बेकिङ सोडा मिसाएर चम्चाले विस्तारै चलाउनुस् । यसो गर्नु भयो भने दूध फाट्दैन । बेकिङ सोडा हाल्दा ध्यान दिनु पर्ने कुरा चाँहि के हो भने बेकिंग सोडा धेरै हाल्दा दूधको स्वाद बिग्रिन सक्छ । त्यसैले थोरै मात्र हाल्नु पर्छ ।

४. प्याकेटको दूधलाई यसरी राख्नुस्

शहरमा अधिकांशले प्याकेट दूधको प्रयोग गर्छन् । विज्ञहरूका अनुसार प्याकेट दूधलाई धेरै बेरसम्म उमाल्नु हुँदैन । दूधलाई कीटाणुमुक्त र संरक्षित राख्न कम्पनीले प्याकिङ गर्नुअघि दूधलाई राम्ररी तताइसकेको हुन्छ । यस्तो दूध धेरै बेर तताउँदा पोषक तत्त्व कम हुन्छ । प्याकेटको दूध ल्याउने बित्तिकै केहि घण्टा भित्र सक्काउने प्रयास गर्नुस् । यसलाई अलि बेर राख्न चाहनु हुन्छ भने जूटको बोरालाई चिसो पानीले भिजाउनुस् अनि दूधको प्याकेटलाई त्यो चिसो बोरामा बेरेर राख्नुस् । यसो गर्दा प्याकेटको दूध ५ देखि ६ घण्टासम्म सजिलै सुरक्षित रहन्छ । रातोपाटी बाट साभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

दुर्लभ रोग सामान्यीकृत पस्टुलर सोरायसिस भएकी महिलाको नेपाल मेडिकल कलेजमा सफल उपचार
देश/राष्ट्रिय

दुर्लभ रोग सामान्यीकृत पस्टुलर सोरायसिस भएकी महिलाको नेपाल मेडिकल कलेजमा सफल उपचार

२०८२ बैशाख ३०, मंगलवार १३:२८
बिहान खाली पेटमा कफी पिउनु सही कि गलत ?
जीवनशैली

यो हो कफी पिउने उत्तम समय

२०८२ बैशाख ३०, मंगलवार १३:२८
चिया पिउँदा एसिडिटीबाट बच्न के गर्ने ?
जीवनशैली

चियालाई फेरि तताएर खानु हुन्छ कि हुँदैन ?

२०८२ बैशाख ३०, मंगलवार १३:२८

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कैलालीको चुरे–३ मस्यामा खोला निकाससम्बन्धी सम्भाव्यता अध्ययन

कैलालीको चुरे–३ मस्यामा खोला निकाससम्बन्धी सम्भाव्यता अध्ययन

२०८२ बैशाख ३०, मंगलवार १३:२८
कञ्चनपुरको सार्क एजुकेसन फाउन्डेसनमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

कञ्चनपुरको सार्क एजुकेसन फाउन्डेसनमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

२०८२ बैशाख ३०, मंगलवार १३:२८
धनगढीमा प्रदेशस्तरीय मनसुन समिक्षा तथा हिउँदे प्रकोपको पूर्वतयारीसम्बन्धी अन्तर्क्रिया सम्पन्न

धनगढीमा प्रदेशस्तरीय मनसुन समिक्षा तथा हिउँदे प्रकोपको पूर्वतयारीसम्बन्धी अन्तर्क्रिया सम्पन्न

२०८२ बैशाख ३०, मंगलवार १३:२८
सुप म्युजिक अवार्ड : सार्वजनिक भयो मनोनयन, हेर्नुहोस को-को परे!

सुप म्युजिक अवार्ड : सार्वजनिक भयो मनोनयन, हेर्नुहोस को-को परे!

२०८२ बैशाख ३०, मंगलवार १३:२८
विपन्न, दलित र जेहेन्द्र विद्यार्थीका लागि छात्रवृत्ति: भीमदत्त–११ का अध्यक्ष प्रकाश थापाको जनमुखी पहल

विपन्न, दलित र जेहेन्द्र विद्यार्थीका लागि छात्रवृत्ति: भीमदत्त–११ का अध्यक्ष प्रकाश थापाको जनमुखी पहल

२०८२ बैशाख ३०, मंगलवार १३:२८
अपाङ्गता भएका व्यक्तिको ३४ औँ अन्तर्राष्ट्रिय दिवस कञ्चनपुरमा विविध कार्यक्रमसहित सम्पन्न

अपाङ्गता भएका व्यक्तिको ३४ औँ अन्तर्राष्ट्रिय दिवस कञ्चनपुरमा विविध कार्यक्रमसहित सम्पन्न

२०८२ बैशाख ३०, मंगलवार १३:२८

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व