कञ्चनपुर – हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभावका कारण मौसममा परिवर्तन देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।
दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थानमा र अन्य भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान छ।
राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतः सफादेखि आंशिक बदली रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्छ। यी प्रदेशका हिमाली क्षेत्रमा पनि हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
मौसम विभागले चट्याङ र हिमपातको जोखिमप्रति सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।










Discussion about this post