कञ्चनपुर — हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहने सम्भावना छ।
रातिको समयमा पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान छ।
महाशाखाले चट्याङबाट बच्न र उच्च हिमाली क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।










Discussion about this post