कञ्चनपुर । भीमदत्त नगरपालिका–४, महेन्द्रनगरस्थित सार्क स्कुलमा समर क्याम्प आयोजना गरिएको छ। सार्क एजुकेसन फाउन्डेसनद्वारा सञ्चालित यो विद्यालयले शुक्रबारदेखि शुरु भएको क्याम्प चैत २९ गतेदेखि वैशाख ३ गतेसम्म सञ्चालन गर्ने जनाएको छ।
परीक्षा सकेर घर बसेका विद्यार्थीलाई रचनात्मक र शैक्षिक गतिविधिमा संलग्न गराउने उद्देश्यले आयोजित क्याम्पमा डिजाइन थिंकिङ, क्यानभास पेन्टिङ, फाइन आर्ट्स, म्युजिक/डान्स, लाइभ लर्निङ, जेन स्विमिङ र मास्टरिङ ह्यान्डराइटिङ जस्ता विविध विधा समावेश छन्। फाउन्डेशनका कार्यकारी निर्देशक लक्ष्मण बस्नेतले क्याम्पले विद्यार्थीलाई रचनात्मक, वर्णनात्मक र कुशल बनाउन सहयोग पुग्ने बताए।
देशका ख्यातिप्राप्त प्रशिक्षकहरूले सञ्चालन गर्ने यो क्याम्पमा सार्क स्कुलसहित अन्य विद्यालयका विद्यार्थीले पनि सहभागिता जनाउन सक्नेछन्। फाउन्डेशनले शिक्षा र रचनात्मकतामा जोड दिँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।
