कञ्चनपुर – प्रगतिशील लेखक संघ कञ्चनपुरको छैटौं अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। संघका जिल्ला अध्यक्ष धर्मानन्द भट्टको सभापतित्वमा सम्पन्न अधिवेशनमा प्रगतिशील लेखक संघका महासचिव डा. देवी क्षेत्री दुलाल प्रमुख अतिथिको रूपमा उपस्थित थिए।
अधिवेशनले संघको नयाँ नेतृत्व चयन गर्दै ९ सदस्यीय समिति गठन गरेको छ। नवगठित कार्यसमितिमा प्रजापति नेगी अध्यक्ष चयन भएका छन्। उपाध्यक्षमा रितु कुँवर, सचिवमा प्रेम प्रकाश कलौनी, सह-सचिवमा जनक कुँवर, कोषाध्यक्षमा नितेस प्र. भट्ट चयन भएका छन्। सदस्यहरूमा बबिता कार्की, विनोद जोशी, चाँदनी भट्ट, र चन्द्र प्रकाश पोखरेल रहेका छन्।
कार्यक्रममा वक्ताहरूले साहित्यको माध्यमबाट समाज रूपान्तरण गर्नुपर्नेमा जोड दिएका थिए। साथै, नवगठित कार्यसमितिले साहित्य, सिर्जना र समाज सुधारका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
