काठमाडौं : नेकपा माओवादी केन्द्र को संसदीय दलको बैठक बिहीबार बस्दैछ।
बैठक सिंदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बस्ने माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेकत हितराज पाण्डेले जानकारी दिए।
बैठकमा शक्रबार शुरू हुने संसद अधिवेशनमा कसरी प्रस्तुत हुनेबारे छलफल हुनेछ।
माओवादीले सरकारले संसद छलेर अध्यादेश ल्याउनु गलत भएको निष्कर्ष निकाल्दै संसद्मा जोडदार रूपमा प्रस्तुत हुने तयारी गरेको छ।









Discussion about this post