सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सांसद बडूको संयोजकत्वमा कांग्रेसको संसदीय दल अनुशासन समिति गठन

काठमाडौं – नेपाली कांग्रेसले संसदीय दल अनुशासन समिति बनाउने निर्णय निर्णय गरेको छ ।

बिहीबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको कांग्रेस कार्यसमिति सदस्य र मन्त्रीहरूको संयुक्त बैठकले दिलेन्द्र प्रसाद बडूको नेतृत्वमा समिति बनाउने निर्णय गरेको प्रमुख सचेतक श्याम घिमिरेले बताए ।

संसदीय दलको विधान अनुसार प्रत्येक संसदीय समितिमा संयोजकमा अर्थ समितिमा डा. प्रकाशरण महत, सार्वजनिक लेखा समितिमा सञ्जय गौतम र कृषि समितिमा चन्दा चौधरी मनोनयन गर्ने निर्णय गरेको पनि प्रमुख सचेतक घिमिरेले बताए ।

यस्तै, कांग्रेसले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि अदालत परिसरमा भएको हातपातको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारवाही गर्न सरकारसँग माग गर्ने निर्णय गरेको पनि बताए ।

 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds