सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिमका केही ठाउँमा पानी पर्ने सम्भावना

कञ्चनपुर – देशको पश्चिम क्षेत्रमा पश्चिमी न्यूनचापीय प्रणाली भित्रिएको छ । यसको प्रभावले आज पश्चिमी भेगमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज रातिसम्म कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक, दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना छ ।

यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक, दुई ठाउँमा हल्का हिमपात हुने सम्भावना रहेको छ ।

कोशी र बाग्मती प्रदेशका एक, दुई ठाउँमा पनि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार भोलिदेखि मौसममा सुधार हुनेछ ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds