कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिकामा नगर स्तरिय स्व. दिलीप सिंह केसी स्मृति खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ।आईतबार एक कार्यक्रमका बिच उक्त प्रतियोगिताको उद्घाटन गरिएको छ।
प्रतियोगितामा वेदकोट नगरपालिकाका २० टिमका ४० जना खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ।प्रतियोगितामा ट्रफी, मेडल र प्रमाणपत्र सहित प्रथम पुरस्कार १४ हजार ५ सय ५५, द्वितीय पुरस्कार ७ हजार ५ सय ५५ र तृतीय पुरस्कार ५ हजार ५ सय ५५ रहेको छ। वेदकोट नगर ब्याडमिन्टन सङ्घको आयोजनामा तथा घटाल टेन्ट हाउस सिसैयाको मुख्य प्रायोजनमा प्रतियोगिता सञ्चालन गरिएको हो।
बि.सं २०७६ पौष १० गते सडक दुर्घटनामा परि स्वर्गारोहण भएका वेदकोट नगरपालिका वडा नम्बर ६ सिसैया निवासी स्वास्थ्यकर्मी तथा समाजसेवी दिलीप सिंह केसीको सम्झनामा उक्त प्रतियोगिता हुन लागेको हो। घटाल टेन्ट हाउस सुडाका सञ्चालक तथा स्व. दिलीप सिंह केसी सुपुत्र निरज केसीले आफ्ना बुबाको सम्झनामा उक्त प्रतियोगिता गराउन लागेका हुन्। वेदकोट नगरमा खेलको विकास गराउने उद्देश्यका साथ आफ्ना बुबाको सम्झनामा उक्त प्रतियोगिता सञ्चालन गराउन लेगको निरजले बताएका छन्।
वेदकोट नगरपालिका वडा नम्बर १० दैजीका वडा अध्यक्ष रतन सिंह विष्टको प्रमुख आतिथ्य रहेको प्रतियोगिताको उद्घाटन कार्यक्रममा वेद कोट नगर खेलकुद समितिका पदाधिकारी, जिल्ला ब्याडमिन्टन सङ्घका पदाधिकारी, स्थानीय लगायतको भव्य उपस्थिति रहेको जिल्ला ब्याडमिन्टन सङ्घका उपाध्यक्ष राकेश बहादुर चन्दले जानकारी दिएका छन्।









Discussion about this post