सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यस्तो रहनेछ आजको मौसम

काठमाडौं : पश्चिमी वायुको आंशिक प्रभावले नेपालको तराईका धेरै स्थान र उपत्यकाको केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा मौसम मूख्यतया सफा छ।

दिउँसो र राति कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ। तराई क्षेत्रमा मुख्यतया सफा रहने अनुमान छ।

बिहानी समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु लाग्ने भएकोले सो समयमा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds