दिपक नाथ, कञ्चनपुर । शिशु विद्या मन्दिरले शनिबार एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरूलाई मोटिभेसनल कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीहरूलाई अनुशासित, संस्कारित सँगै अध्ययन अध्यापनमा प्रेरित गर्ने उद्देश्यले मोटिभेसनल कार्यक्रम गरिएको विद्यालयले जनाएको छ ।

कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर १० मा रहेको शिशु विद्या मन्दिरले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई मोटिभेसनल कार्यक्रम आयोजना गरेको शिशु विद्या मन्दिरका प्रधानाध्यपक राकेश बहादुर चन्दले जानकारी दिनुभयो । कार्यक्रममा प्रशिक्षक एवम् मोटिभेटर रबी किरणले विद्यार्थीलाई प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा विद्यार्थीहरूले पालना गर्नुपर्ने अनुशासन, उनीहरूको व्यक्तित्व विकास, असल बानी व्यवहार, अभिभावकाप्रतिको जिम्मेवारी, संस्कार र संस्कृति, काम र पढाई बिचको समन्वय लगायतका विषयमा प्रशिक्षण गराइएको थियो । यो कार्यक्रम पश्चात विद्यार्थीको मनोबल थप उँचो हुने विश्वास गरिएको छ।










Discussion about this post