सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

कञ्चनपुर । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशभर मौसम सामान्यतया सफा रहेको छ । तराईका केही स्थानहरुमा हुस्सु / कुहिरो लागेको अवस्था छ ।

२०८१ मंसिर २९ गते (शनिबार)

दिउँसोː कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

रातीː देशभर मौसम मुख्यतया सफा रहने छ ।

Mahakali Polytechnic

२०८१ मंसिर ३० गते (आइतबार)

World Link Ads

दिउँसोː देशभर मौसम मुख्यतया सफा रहने छ ।

Sana Kishan

रातीː देशभर मौसम मुख्यतया सफा रहने छ ।

२०८१ पुस ०१ गते (सोमबार)

दिउँसोː देशभर मौसम मुख्यतया सफा रहने छ ।

रातीː देशको गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका पहाडी भू-भागमा आन्शिक बदली रहने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरुमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन,यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds