काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम शनिबार थप घटेको छ।
बिहान पौने ६ बजेको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस मापन हुँदा यो वर्षकै कम रेकर्ड भएको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।
शुक्रबार ३.४ डिग्री सेल्सियस मापन भएको थियो । गत वर्ष भने २.१ डिग्री सेल्सियससम्म न्यूनतम तापक्रम पुगेको रेकर्ड छ ।
शनिबार र आइतबार काठमाडौं उपत्यकासहित देशका धेरै जसो भूभागको मौसम सामान्यतया सफा नै रहने मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए।
उनका अनुसार बिहानीपख तराईका भूभागमा हुस्सु लागे पनि दिउँसो सफा रहनेछ।








Discussion about this post