सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयको नव निर्मित भवनको उद्घाटन

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयको सेवा प्रवाहलाई सरल र सहज बनाउन निर्माण गरिएको भवनको उद्‌घाटन गरिएको छ ।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयको सेवा प्रवाहलाई सरल र सहज बनाउन निर्माण गरिएको नयाँ भवनको उद्‌घाटन गरिएको हो । शुक्रवार एक समारोहका बिच नेपाल सरकारका बन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयको नव निर्मित भवनको समुद्घाटन गर्नु भएको हो । 

उक्त भवनको उद्‌घाटन पश्चात बोल्दै मन्त्री ठकुरिले बन क्षेत्रको दिगो व्यवस्थापन आवश्यक रहेको बताउनु भएको छ । राष्ट्रिय निकुञ्जभित्र रहेका सबै सम्पदा तथा जीव जन्तुहरूले नेपाललाई अन्तराष्ट्रिय स्तरमा चिनाउन मद्दत गरेको भन्दै यसको संरक्षण सम्बर्द्धन र उपयोग मार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने उहाँले बताउनु भयो। पछिल्लो समयमा देखिएको बन्यजन्तु र मानव बिचको द्वन्द्व समाधान गर्न मन्त्रालय लागि पर्ने भन्दै मन्त्री ठकुरिले मध्यवर्ती क्षेत्रका जनताको समस्या समाधानमा पनि मन्त्रालयले ध्यान दिने बताउनु भएको छ । 

त्यसै गरि कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख दुर्गा दत्त बोहराले निकुञ्जका कारण थुप्रै विकास निर्माण तथा जनताका जनजिविकाका सरोकारका विषयमा वाधा पुगेको बताउनु भयो । साथै उहाँले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा कयौँ वस्ती विस्थापित भएको र अहिले सम्म पनि उहाँहरूले मुआब्जा नपाएको समेत बताउँदै निकुञ्जमा आउने विदेशी पर्यटकहरूका लागी हवाई भाडा दर समेत बढी भएको र यसको प्रचार प्रसारमा समेत कमी भएकाले निकुञ्जको आम्दानी बढ्न नसकेको भन्दै आवश्यक कानुन बनाएर यि समस्याहरू समाधान गरिनु पर्ने बताउनु भयो। 

कञ्चनपुर यसै गरि कार्यक्रममा बोल्दै राष्ट्रिय निकञ्ज तथा वन्य जन्तु विभागका महानिर्देशक डा राम चन्द्र कँडेलले भवन अनुसारको नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्दै जान कर्मचारीहरूलाई निर्देशन दिदैँ सेवाग्राही कार्यालयमा आएपछि केही समस्या रहेको आफूले जानकारी पाएको र त्यसको निवारण गर्न विभागको तर्फ बाट आफू प्रतिवद्ध रहेको बताउनु भयो ।

Mahakali Polytechnic

कूल २ करोड ७ लाखमा निर्मित उक्त शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयको नव निर्मित आधुनिक भवनमा इजलास कक्ष र बैठक कक्ष सहित जम्मा २१ कोठा रहेका छन भने भवन निर्माण पछि कार्यालयले दिने सेवा सहज र सुलभ रुपमा दिन सकिने अपेक्षा गरिएको छ ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds