Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दिनहुँ चिसो पानीले नुहाउँदा लाभ वा हानी के हुन्छ ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ मंसिर १२, बुधबार ०६:२४
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

धेरै मानिसहरू चिसो पानीले नुहाउन मन पराउँछन् । यस्तो गर्नु कयौँको दिनचर्या नै पनि हुन्छ ।

चिसो पानीले नुहाउने सम्बन्धमा मानिसहरूको फरक फरक धारणा हुन सक्छ । कोही चिसो पानीले नुहाउनु हुँदैन भन्छन् भने कोही चिसो पानीले नुहाउनुका फाइदा अचम्मका छन् भनेर पनि भन्छन् ।

चिसो पानीले नुहाउनु स्वास्थ्यवर्धक बानी भए पनि आफ्नो शरीरको अवस्था र मौसम अनुसार यसलाई अपनाउनुपर्छ । नियमित रूपमा चिसो पानीले नुहाउनु हुन्छ भने तपाईँको प्रतिरक्षा प्रणाली बलियो हुनुपर्छ अनि चिसो र रुघाखोकीबाट बच्नेबारे सावधान पनि रहनुपर्छ । हरेक दिन चिसो पानीले नुहाउनुका फाइदा वा बेफाइदा के के छन् ? तपाईँलाई थाहा छ ?

चिसो पानीले नुहाउँदाका फाइदाहरू:

शारीरिक ऊर्जामा वृद्धि

चिसो पानीले शरीरलाई ऊर्जा प्रदान गर्न मद्दत गर्छ । चिसो पानीले नुहाउँदा रक्तसञ्चार प्रणाली सक्रिय हुन्छ, जसले ताजापन र ऊर्जा दिन्छ ।

प्रतिरक्षा प्रणाली बलियो बनाउँछ

नियमित रूपमा चिसो पानीले नुहाउँदा रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ । यसले शरीरलाई ज्वरो, चिसो र अन्य रोगसँग लड्न मद्दत गर्छ ।

मानसिक स्वास्थ्यमा सुधार

चिसो पानीले नुहाउनु मानसिक स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । यसले तनाव र चिन्ता कम गर्छ र मानसिक स्पष्टता बढाउँछ ।

छाला र कपालका लागि फाइदाजनक

चिसो पानीले छालालाई कसिलो र चम्किलो बनाउँछ । कपालको क्यूटिकल बन्द गरेर यसले कपाललाई बलियो र चम्किलो बनाउँछ ।

तौल घटाउन मद्दत गर्छ

चिसो पानीले नुहाउँदा शरीरको मेटाबोलिजम बढ्छ, जसले तौल घटाउन मद्दत गर्छ ।

चिसो पानीले नुहाउँदाका लाभहरू मात्रै छैनन् । यसका केही नकारात्मक असरहरू पनि छन् । जुन यस प्रकार रहेका छन्:

चिसो र फ्लूको जोखिम

चिसो पानीले नुहाउँदा रुघाखोकी र फ्लू जस्ता रोगहरूको जोखिम बढ्छ । विशेष गरी रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरूले चिसो पानीमा नुहाउँदा रुघा खोकीले समाती हाल्छ ।

पिसाबको समस्या

कतिपयलाई चिसो पानीले नुहाउँदा पिसाबको समस्या समस्या हुन सक्छ ।

पीडा र मांशपेशी बटारिने

चिसो पानीले नुहाउँदा केहीलाई मांसपेशी दुखाइ वा बटारिने समस्या हुन सक्छ । खासगरी पहिलादेखि नै कुनै चोट वा समस्याबाट पीडित भएकाहरूलाई यसले थप पीडा दिन सक्छ । रातोपाटी बाट साभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

टूथब्रशमा हुन्छन् लाखौँ ब्याक्टेरिया, कसरी सफा राख्ने ?
स्वास्थ्य

टूथब्रशमा हुन्छन् लाखौँ ब्याक्टेरिया, कसरी सफा राख्ने ?

२०८१ मंसिर १२, बुधबार ०६:२४
अफिन र संघद्वारा आन्दोलनरत नर्सको अपमानजनक व्यवहारप्रति आपत्ति
स्वास्थ्य

अफिन र संघद्वारा आन्दोलनरत नर्सको अपमानजनक व्यवहारप्रति आपत्ति

२०८१ मंसिर १२, बुधबार ०६:२४
स्वास्थ्य मन्त्रालयद्वारा रगत अभाव भए १११५ मा सम्पर्क गर्न आग्रह
स्वास्थ्य

स्वास्थ्य मन्त्रालयको रक्तदान आह्वान: रगत अभाव हुन नदिन सबैलाई आग्रह

२०८१ मंसिर १२, बुधबार ०६:२४

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

केही दिन ठूलो पानी नपर्ने

धेरै ठाउँको मौसम सफा, कोशी र गण्डकीका हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना

२०८१ मंसिर १२, बुधबार ०६:२४
ऊर्जा मन्त्री घिसिङ पार्टी निर्माणको अन्तिम तयारीमा

ऊर्जा मन्त्री घिसिङ पार्टी निर्माणको अन्तिम तयारीमा

२०८१ मंसिर १२, बुधबार ०६:२४
वेदकोट-९ ले जित्यो मेयर कपको उपाधि, खेलकुद विकासमा नगरपालिकाको निरन्तरता

वेदकोट-९ ले जित्यो मेयर कपको उपाधि, खेलकुद विकासमा नगरपालिकाको निरन्तरता

२०८१ मंसिर १२, बुधबार ०६:२४
शिक्षकलाई राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार छैन : मन्त्री पुन

शिक्षकलाई राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार छैन : मन्त्री पुन

२०८१ मंसिर १२, बुधबार ०६:२४
कक्षा १२ को परीक्षा निर्धारित समयमै हुने भएकाले गलत हल्लाका पछाडि नलाग्न बोर्डको आग्रह

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक, ७३ प्रतिशतभन्दा धेरै विद्यार्थी उत्तीर्ण

२०८१ मंसिर १२, बुधबार ०६:२४
नेपाली क्रिकेटका धरोहर शरद भेषावकरको सन्न्यास, सन्दीप लामिछानेले गरे भावुक पोस्ट!

नेपाली क्रिकेटका धरोहर शरद भेषावकरको सन्न्यास, सन्दीप लामिछानेले गरे भावुक पोस्ट!

२०८१ मंसिर १२, बुधबार ०६:२४

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व