सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरको भुजेला खोला निकासमा जोड 

कञ्चनपुर । कञ्चनपुरको भुजेला खोला निकासमा स्थानीयले जोड दिएका छन् । शुक्रबार भीनपा ११ वडा कार्यालयमा महाकाली नदी र भुजेला खोला व्यवस्थापनका विषयमा भएको छलफलमा स्थानीयले यथाशीघ्र निकासमा जोड दिएका हुन् । भीमदत्त नगरपालिका ११ का वडाध्यक्ष प्रकाश थापाले बर्सातका बेला भीनपा ११, १२ र १३ का हजारौँ जनताले बाढीको सामना गर्नुपर्ने बाध्यता आएको भन्दै यथाशीघ्र समस्या समाधानका लागि सरकार गम्भिर नभएको बताए ।

 ‘महाकाली चार लेन पुल निर्माण ठेकेदारले यस क्षेत्रमा कुनै दायित्व बहन गरेन, ‘उनले भने, ‘काम सकेर ठेकेदार टाप हुन चाहेका छन ।’ अध्यक्ष थापाले भुजेला खोला पनि महाकाली नदी जस्तै भुजेला खोला पनि समानान्तर बगाउनुपर्छ ।’ भीनपा १२ का वडाध्यक्ष भुपेन्द्र रावलले महाकाली पुल निर्माणको कन्सलटेन्सीबाट बाढीपीडितलाई क्षतिपूर्ति दिनुपर्ने बताए । भीनपा १३ का वडाध्यक्ष राम बहादुर बोहरा (झक्कास) ले भुजेला खोला र महाकाली नदी नियन्त्रणका लागि सरोकारवाला निकाय जिम्मेबार नभएको बताए । ‘हाम्रा बाढीपीडित जनता भन्छन्, हामीलाई राहत चाहिएन, ‘उनले भने, ‘खोला नियन्त्रण गरिदिनुपर्‍यो ।’ महाकाली पुल आयोजना र ठेकेदार कम्पनीले हरेक वर्ष डिजाइन परवर्तनको विषय सारेर करोडौँ रकम स्वाहा पार्ने काम गरेको बताए । भीनपा १२ का निवर्तमान वडाध्यक्ष कृष्णसिंह देउवाले उतिबेलै डिजाइनमा समस्या भएको बताए । भीनपा १३ निवर्तमान अध्यक्ष लाल बहादुर शाहीले पहिला जनता बचाउनुपर्ने र त्यसपछि मात्रै अन्य संरचना बनाउनुपर्ने बताए । 

Mahakali Polytechnic

स्थानीय जनक सिहले समेत महाकाली टर्न गर्दा समस्या निम्तिएको बताए । अर्का स्थानीय भोज ठगुन्नाले नदी नालाको निकासको विकल्प नभएको बताए । स्थानीय युवा नरेन्द्र रानाले सरकार विपद् व्यवस्थापनको साटो हरिहर घाटमा ५ करोडको योजना ल्याए जनता मार्ने काम गरेको बताए । स्थानीय अगुवा धनन्जय जोशीले विकास भएपनि थप विनाश ल्याएको बताए । महाकाली पुल आयोजनाका इन्जिनियर सन्तोष बोहराले महाकाली र भुजेला खोला एक अर्कासँग टच हुने नगरेरै निकास गराउने काम गर्न अध्ययन भएको बताए । भीमदत्त नगरका इन्जिनियर हिमालय सिह ऐरले पुल डिजाइनमा केही विषय छुट्न गएकाले थप्नुपर्नेमा जोड दिए । 

World Link Ads

Sana Kishan

नेपाली काँग्रेस भीमदत्त नगरका सभापति अच्युतराज कलौनीले जनता विपद्मा परे पाटीका तर्फबाट आवश्यक सहयोग गर्ने बताए । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी पर्शुराम पोख्रेलले महाकाली नदी र खोला नियन्त्रणका लागि सरोकारवाला निकायबाट गम्भिर भएर जिम्मेबारी निर्वाहमा जोड दिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बेल बहादुर रानाले महाकाली र भुजेला खोलाको निकासका लागि आफ्नो तर्फबाट प्रदेश र संघीय सरकारसंग पहल गर्ने बताए । 

यसैविच भीनपा १३ का निवर्तमान वडाध्यक्ष लाल बहादुर शाहीको संयोजकत्वमा महाकाली नदी तथा भुजेला खोला व्यवस्थापन सघर्ष समिति गठन गरिएको छ । सदस्यहरुमा किशन सिह देउवा, जनक बहादुर सिह, शंकर सुनार, भोज बहादुर ठगुन्ना, जानकी पुनमगर, धनन्जय जोशी, कलावती शाहु रहेका छन । उक्त संघर्ष समितिले महाकाली नदी र खोला व्यवस्थापनका लागि पहल गर्ने छ ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds