Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

युवा विद्यार्थी भन्छन–‘सरकारी जमिनमा अवैध संरचना बनाउन बजेट दिने कार्य पनि भ्रष्टाचार हो, यसमा अख्तियारले छानबिन गर्नुपर्छ’

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक २९, २०८१
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

डिल्लीराज पन्त, कञ्चनपुर । कञ्चनपुरका युवा विद्यार्थीले नगर विकास समितिको जमिन अतिक्रमण गरेर बनाएका सबै संरचना नभत्काए आन्दोलनको चेतावनी दिएका छन् । भीमदत्त नगरपालिका मातहत आएको नगर विकास समितिको जमिन केही व्यक्तिले संस्थाको नाममा लिएर रजाई गरिरहेको भन्दै सबै अवैध संरचना भत्काएर सरकारी जमिन खाली गर्नुपर्ने बताएका छन् ।

‘सरकारी जमिनमा अवैध घर बनाउन बजेट ल्याउने सांसद मन्त्रीदेखि निकासा गर्ने कर्मचारीमाथि कारबाही गर्नुपर्ने बताएका छन्, यस्तो कार्य भ्रष्टाचारजन्य पनि भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग सहितका भ्रष्टाचारविरुद्धमा कार्यरत सरकारी निकायले समेत छानबिन अघि बढाएर कारबाही गर्नुपर्ने बताए । नागरिकले आफ्नै घर आफ्नै कमाईबाट बनाउँदा सरकारी निकायमा लालपुर्जा पेश गर्नुपर्ने अनि सरकारी जमिन अतिक्रमण गरेर लाखौँ, करोडौँ रकम ल्याएर अवैध संरचना बनाउँदा उनीहरूको लालपुर्जा किन मागिएन यो त संस्थागतको पनि महाभ्रष्टाचार भएको विद्यार्थी युवाको ठहर छ ।

बुधबार युवा विद्यार्थीले जिल्ला प्रशासन र भीमदत्त नगरपालिकामा डेलिगेसन गर्दै आफू निकट व्यक्तिका जोगाउने अरुका भत्काउने भन्दै सबै अवैध संरचना भत्काएर सरकारी जमिन संरक्षणमा जोड दिएका छन् । अखिल क्रान्तिकारी कञ्चनपुरका युवा नेता सुरेश भट्टले प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा, सहायक प्रमुख जिल्ला अधिकारी पर्शुराम अर्याल र भीमदत्त नगरका उपप्रमुख निलम लेखकलाई भेटेर सरकारको लगानी भएका भवन नभत्काउने बहानाबाजी गरेर अतिक्रमणलाई संरक्षण गर्न नहुने चेतावनी दिएका छन् ।

उनले सरकारी सबै अवैध संरचना भत्काएर सरकारी सम्पत्ति संरक्षणमा जोड दिएका छन् । नेकपा माओवादी केन्द्रका नेता सिके भट्टले भीमदत्त नगरका प्रवक्ता पदम अवस्थीलाई टेलिफोन नै गरेर सरकारी लगानी भनेर अवैध संरचना संरक्षण गर्न नहुने बताए । ‘नेपाल सरकारले लगानी वैध संरचनामा लगाउने हो, ‘उनले भने, ‘कुनै सांसद, मन्त्रीको पहलमा आएको बजेटमा बनेको संरचना भनेर पन्छिन हुँदैन ।’ सरकारी जमिन अतिक्रमण गरेर बनाएका संरचनामा सरकारको लगानी गर्ने निकाय व्यक्तिमाथि पनि छानबिन गर्नुपर्ने माओवादी नेता भट्टको भनाई छ ।

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेलले सार्वजनिक जमिन संरक्षणको दायित्व प्रशासन र पालिकाहरूको भएकाले उनीहरूले आ–आफ्नो क्षेत्रमा रहेका अवैध संरचना खालीदेखि सरकारी जमिन संरक्षण गर्ने निर्णय गरेका छन् । सरकारी जमिन अतिक्रमण गरेर बनाएका संरचनामा सरकारको लगानी भन्दै बहानाबाजी गरेर दोहोरो जनतामाथि घात भएको आन्दोलनमा उत्रिएका युवा विद्यार्थीको भनाई छ ।

भीमदत्त नगरका प्रवक्ता पदमराज अवस्थीले अतिक्रमण हटाउने कार्य निरन्तर अघि बढ्ने बताउँदै नगर विकास समितिको जमिनमा निर्माण भएका अवैध संरचना खाली गराउन विभेद नगरिने बताए । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले सरकारी अतिक्रमित जमिन खाली गराउने बताए ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सुदूरपश्चिमको उत्कृष्ट नगरपालिका बन्दै वेदकोट, जनकपुरमा सम्मान गरिने
फ्ल्यास हेडिङ

सुदूरपश्चिमको उत्कृष्ट नगरपालिका बन्दै वेदकोट, जनकपुरमा सम्मान गरिने

कार्तिक १२, २०८३
महाकाली नदीको बहावले ऐतिहासिक झोलुङ्गे पुलमा क्षति
फ्ल्यास हेडिङ

महाकाली नदीको बहावले ऐतिहासिक झोलुङ्गे पुलमा क्षति

अशोज १५, २०८३
बेलडाँडी–बेलौरी सडकमा दिउँसै वन्यजन्तुको आवतजावत, यात्रु जोखिममा
समाज

बेलडाँडी–बेलौरी सडकमा दिउँसै वन्यजन्तुको आवतजावत, यात्रु जोखिममा

अशोज १४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

धरापमा परेको सुदूरपश्चिमलाई कप्तान दीपेन्द्रको अर्धशतक

धरापमा परेको सुदूरपश्चिमलाई कप्तान दीपेन्द्रको अर्धशतक

कार्तिक २७, २०८३
आइतबारदेखि सुदूरपश्चिमसहित तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

आइतबारदेखि सुदूरपश्चिमसहित तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

कार्तिक २७, २०८३
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त

कार्तिक २७, २०८३
रास्वपाका २० नेताको टोली ११ दिने चीन भ्रमणमा जाँदै

रास्वपाका २० नेताको टोली ११ दिने चीन भ्रमणमा जाँदै

कार्तिक २७, २०८३
पावरप्लेमा सुदूरपश्चिमले ४ विकेट गुमायो, २१ रन मात्रै

पावरप्लेमा सुदूरपश्चिमले ४ विकेट गुमायो, २१ रन मात्रै

कार्तिक २७, २०८३
१३ जनाको मृत्यु भएपछि चक्रघट्टामा शोक बिदा

१३ जनाको मृत्यु भएपछि चक्रघट्टामा शोक बिदा

कार्तिक २७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व