लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा ठूलो पानी परिरहेकोले त्यस क्षेत्रमा विभिन्न नदीमा बाढी आएको छ । डडेलधुरा, डोटी र कैलालीमा पर्नेे कर्णाली नदी, डडेलधुरा र कञ्चनपुरको महाकाली नदी तथा बर्दियाको बबई नदीमा बाढी आएको छ । यस्तै कैलालीको मोहना नदीमा पनि जल सतहले खतरा तह पार गरी बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
लगातारको वर्षाले यस क्षेत्रका अरु स–साना नदीमा पनि पानीको बहाव बढेकोले बेलुकासम्मै सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । आज कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई ठाउँमा हुरीबताससहित मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैसँग आग्रह गरेको छ ।
Discussion about this post