Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मनसुन थप सक्रिय, पर्सि आइतवारसम्म धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार १४, २०८१
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मनसुन थप सक्रिय भएको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा रातिदेखि पानी परेको छ । लगातार र ठूलो पानी परेका ठाउँका नदी खोलामा बाढी आएको छ ।

चितवनको कल्याणपुर र चर्चरे, काठमाण्डौको गोंगबु र कपन तथा सिन्धुपाल्चोकको गोब्रे र मानेखर्कमा ठूलो पानी परेकाले त्यस आसपासका नदी खोला किनारमा बस्नेलाई सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

पर्सि आइतवारसम्म देशका धेरै ठाउँमा वर्षा बढ्ने भएकाले पूर्वतयारी र आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् । केही दिन मनसुनको न्यूनचापीय रेखा पूर्णरूपमा विकसित भई सरदर स्थानभन्दा उत्तरतर्फ अर्थात नेपाल नजिक अवस्थित रहने देखिएकाले आगामी केही दिन नेपालमा मनसुन थप सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार गण्डकी प्रदेशका केही ठाउँ, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँ तथा मधेस र कर्णाली प्रदेशका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना छ । गण्डकी र लुम्बिनीका एक–दुई ठाउँमा भने धेरै ठूलो वर्षाकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले पर्सि आइतवारसम्म मेघगर्जन र चट्याङ, भारी वर्षा, भूक्षय, पहिरो, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, नदी र खोलामा पानीको सतह बढ्नसक्ने, दैनिक जनजीवन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

चक्रवात ‘अर्नब’को प्रभाव आजदेखि, शुक्रबार भारी वर्षाको सम्भावना
फ्ल्यास हेडिङ

चक्रवात ‘अर्नब’को प्रभाव आजदेखि, शुक्रबार भारी वर्षाको सम्भावना

कार्तिक १२, २०८३
शनिबारसम्म वर्षा र हिमपातको जोखिम, धान नकाट्न र यात्रा नगर्न आग्रह
फ्ल्यास हेडिङ

शनिबारसम्म वर्षा र हिमपातको जोखिम, धान नकाट्न र यात्रा नगर्न आग्रह

कार्तिक ११, २०८३
बागमती सफाइ महाअभियानको ७०२औँ हप्ता सम्पन्न
फ्ल्यास हेडिङ

बागमती सफाइ महाअभियानको ७०२औँ हप्ता सम्पन्न

कार्तिक ८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सङ्क्रमणकालीन न्यायलाई गति दिन आयोगमा तत्काल पदाधिकारी नियुक्त गर्न राष्ट्रसंघीय प्रतिवेदकको आग्रह

सङ्क्रमणकालीन न्यायलाई गति दिन आयोगमा तत्काल पदाधिकारी नियुक्त गर्न राष्ट्रसंघीय प्रतिवेदकको आग्रह

कार्तिक २१, २०८३
कोप–३१ मा नेपालको सहभागिता, परराष्ट्रमन्त्री खनाल नेतृत्वको टोली टर्की प्रस्थान

कोप–३१ मा नेपालको सहभागिता, परराष्ट्रमन्त्री खनाल नेतृत्वको टोली टर्की प्रस्थान

कार्तिक २१, २०८३
चीनलाई ८४ रनले हराउँदै नेपाली यू–१९ महिला टोलीको लगातार चौथो जित

चीनलाई ८४ रनले हराउँदै नेपाली यू–१९ महिला टोलीको लगातार चौथो जित

कार्तिक २१, २०८३
तिहारले चलायमान बनाउँदै अर्थतन्त्र, साढे २ अर्बको भाइमसला आयात

तिहारले चलायमान बनाउँदै अर्थतन्त्र, साढे २ अर्बको भाइमसला आयात

कार्तिक २१, २०८३
लक्ष्मीपूजामा विद्युत्को माग १ हजार ७०० मेगावाट पुग्ने अनुमान, उत्पादन पर्याप्त हुने

लक्ष्मीपूजामा विद्युत्को माग १ हजार ७०० मेगावाट पुग्ने अनुमान, उत्पादन पर्याप्त हुने

कार्तिक २१, २०८३
कोप–३१ मा नेपालको आफ्नै प्याभिलियन, हिमालका मुद्दालाई प्राथमिकता दिइने

कोप–३१ मा नेपालको आफ्नै प्याभिलियन, हिमालका मुद्दालाई प्राथमिकता दिइने

कार्तिक २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व