सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिममा मनसुन अनुकूल वातावरण बन्दै, सबैतिर फैलिन अझै केही दिन लाग्ने

कञ्चनपुर – १२ दिनअघि पूर्वबाट भित्रिएको मनसुन लुम्बिनी प्रदेशसम्म फैलिएको छ । कर्णाली र सुदूरपश्चिममा पनि मनसुन अनुकूल वातावरण बन्दै गएको तर सबैतिर फैलिन अझै केही दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Sana Kishan

महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार मनसुन कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशको धेरै भू–भाग तथा लुम्बिनी प्रदेशको पूर्वी भू–भागसम्म फैलिएको छ । अहिले मनसुनी वायु र पश्चिमी वायुको प्रभावले कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा हल्कादेखि पूर्णतया बदली छ भने बाँकी ठाउँमा आंशिक बदली छ ।

 

World Link Ads
Mahakali Polytechnic

महाशाखाका अनुसार बिहान गण्डकी प्रदेशका केही भू–भाग तथा बाग्मती, कर्णाली र लुम्बिनी प्रदेशका थोरै ठाउँहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको छ । आज दिउँसो बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही, कोशी र मधेश प्रदेशको थोरै तथा बाँकी भू–भागका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

Dirghayu Ads

महाशाखाका अनुसार दिउँसो गण्डकी प्रदेशका एक/दुई ठाउँमा र राति लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । उज्यालो अनलाइन बाट

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.