सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मधेस प्रदेशका मुख्यमन्त्री यादव पदमुक्त

मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव पदमुक्त भएका छन्। संसदमा विश्वासको मत लिन असफल भएपछि उनी पदमुक्त भएका हुन्।

प्रदेश सभामा बहुमत सांसदले उनको विपक्षमा मतदान गरेका छन्।

मधेस प्रदेशमा अहिले १०६ जना सांसद छन्। आजको प्रदेश सभा बैठकमा १०३ जना उपस्थित थिए। मुख्यमन्त्री यादवको पक्षमा ५० जना र विपक्षमा ५३ जना सांसदले मतदान गरेका थिए।

बहुमतका लागि कम्तीमा ५४ जना सांसदको समर्थन आवश्यक पर्छ। जसपा, लोसपा, नेपाली कांग्रेस र राप्रपाले मुख्यमन्त्री यादवको पक्षमा मतदान गरेका थिए।

Mahakali Polytechnic

नेकपा एमाले, जनमत, माओवादी, एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी फोरम र नागरिक उन्मुक्ति पार्टीले उनको विपक्षमा मतदान गरेका थिए।

World Link Ads

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.