सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सिरहामा कोरोना संक्रमितको संख्या बढेपछि सम्भावित क्षेत्र भोलीबाट पुन लकडाउन गरिने

मुकेश यादव, सिरहा

सिरहामा समुदाय स्तरमै कोरोना संक्रमण पुष्टि हुन थालेपछि सम्भावित क्षेत्रहरुमा लकडाउन गरिने निर्णय गरिएको छ । मिर्चैया नगरपालिकामा ३ जना र गोलबजार नपामा १ जना कोरोना संक्रमण पुस्टि भएलगत्तै जोखिम रहेको क्षेत्रमा कन्टयाक्ट ट्रेसिंङ्गको काम सुरु गरिए संगै भोलिबाट बिहान ६ बजे देखि ३२ गते सम्म १० दिनको लागि लकडाउन गरिएको छ । अहिले कन्टयाक्ट ट्रयासिँग गरी उनको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गरी सबै जनाको स्वाब सँकलन गरी परीक्षण गरिने मिर्चैया नगर प्रमुख श्रबण यादवले बताए । स्वास्थ्य शाखा, प्रशासन सम्मलित टोलीले कन्टयाक्ट ट्रयासिँगको कार्य सुरु गर्ने यादवले बताए ।

Sana Kishan

World Link Ads

कन्टयाक्ट ट्रयासिँगपछि सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान र अवस्था हेरि उक्त क्षेत्रलाई सील गर्ने तयारी समेत गरेको नगर प्रमुख यादबले बताए । अहिले शसस्त्र प्रहरी र नेपाल प्रहरीले कडा निगरानी राखेको र उक्त निर्णय जिल्ला बिपत ब्यब्स्थापन समितिको सल्लाह अनुरुप गरीएको बताएका छ्न । उपहार खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close