सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

साउनमा व्रत बस्नेहरुका लागि अत्यन्तै शुभ धन मात्र हैन सन्तानसम्म प्राप्त हुने विश्वास

यो वर्षको साउनमा व्रत बस्नेहरुका लागि अत्यन्तै शुभ योग, धन मात्र हैन सन्तानसम्म प्राप्त हुने विश्वास, साउन महिनालाई हामी पूजा(आराधना, भक्ति(किर्तनको महिना पनि भन्छौं । साउनको सोमबारको विशेष महत्व छ । साउनको हरेक सोमवार पूजाआजा गर्ने, मठमन्दिर धाउने गरिन्छ । साथसाथै उपवास अर्थात व्रत बस्ने गरिन्छ । यो वर्षको श्रावण १ गते बिहिवार तथा कृतिका नक्षत्रबाट महिना प्रारम्भ भएको छ । यसैदिन कामिनी एकादशी व्रत समेत परेको छ ।

हिन्दूहरुको लागि श्रावण महिना विशेषगरी शाकाहारी भएर महिनाभरी आराध्यदेव भगवान् महादेवको पूजा तथा बोलबम जाने परम्परा सदीयौंदेखि चलिआएको छ । यसै दिनदेखि सूर्य उत्तरी गोलार्धबाट दक्षिणी गोलार्धमा प्रवेश गर्नेछन् । साउन १ गतेबाट विस्तारै दिन छोटो र रात लामो हुँदै जाने छन् । खगोल शास्त्रमा कर्कट र मकर सङ्क्रान्तिको विशेष महत्व रहने गरेको छ । श्रावण महिना शिवको प्रिय महिना भएकाले विशेष रुपमा पूजा, आरधना, उपासना तथा व्रत वस्नका लागि अत्यन्तै शुभ हुने र समस्त मनोरथ पूर्णहुने शास्त्रमा उल्लेख गरिएको छ ।“अपुत्रोलभते पुत्र निर्धनोधनवान् भवेत् अविद्धाया लभते विद्या यदिधर्म विदोविदु’, अर्थात नियमपूर्वक यदि कुनै पनि पुरुष तथा महिलाले श्रावणी सोमबारको व्रत बसेमा सन्तान नहुनेहरुका लागि सन्तान प्राप्ति हुनेछ, यदी धन सम्पत्तिमा रुकावट या अवरोध भएको छ भने बाधा अर्चन हट्ने छन् ।

विद्यार्थीहरुलाई विद्यामा अवरोध छ भने पनि व्रतका प्रभावले विद्यामा प्रगति हुने शास्त्रमा उल्लेख गरिएको छ । यस महिनामा दुईवटा शनि प्रदोष व्रत, सोमबारे औंशी, नाग पञ्चमी, रवि सप्तमी व्रत, श्रीकृष्ण जन्माष्टमी तथा जनै पूर्मिमा व्रत परेकाले पनि विशेष महत्व रहने गरेको उल्लेख गरिएको छ । बिहीवारबाट प्रारम्भ हुने श्रावण महिनामा चार ओटा सोमबार परेको छ । ५ गते सोमबारे औंसीबाट सोमबार प्रारम्भ भएको छ । नयाँ व्रत वस्न चाहनेहरुका लागि यो समय अति उत्तम रहेको छ । आगामी असोजमा मलमास परेकाले महत्त्वपूर्ण चाडपर्व श्रावण महिनामै परेकाले यस वर्षको श्रावण महिना र सोमबारको विशेष महत्त्व रहेको शास्त्रमा उल्लेख गरिएको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

१२ गते सोमबार गोस्वामीतुलसिदास जयन्ती परेको छ, त्यस्तै १९ गते सोमबारका दिन पूर्णिमा व्रत तथा रक्षा बन्धन पर्व परेकाले पनि उत्तम भनेर भनिएको छ । साउन २६ गते अन्तिम सोमबार र भोलिपल्ट श्रीकृष्ण जन्माष्टमी पर्व परेकाले यस वर्षको श्रावण महिना विशेष महत्त्व तथा लामो समयपछि मात्रै यस्तो संयोग पर्ने उल्लेख गरिएको छ । बिहीवार १ गते देखि नै देब गुरु बृहस्पतिले राशि परिवर्तन गर्दै आफ्नै राशि धनुमा आउन लागेकाले पनि विशेष महत्वका साथ हेरिएको छ ।

Dirghayu Ads

उपवासको तौर(तरिका( वर्षा ऋतु प्रारम्भ तथा शिवजीलाई हरियो र जल प्रिय हुने भएकाले पनि हातमा मेहन्दी लगाएर वस्ने पनि प्रचलन रहिआएको छ । हरियो चुरा तथा वस्त्र लगाएर शिवको पुजा गरेमा छिट्टै मनोकामना पूर्णहुने उल्लेख गरिएको छ । उपवास बस्ने विभिन्न विधी छन् । निराहार उपवास बस्ने चलन पनि छ । साथसाथै ताजा फलफूल खाएर पनि उपवास बस्ने गरिन्छ । कतिपयले पानी समेत नपिइ उपवास बस्छन् । कतिपयले सुपाच्य खानेकुरा खान्छन् । माछामासु, वासी र अन्न सेवन गर्दैनन् । फलफूल एवं जुस पिएर बस्छन् ।

पूजापाठ र उपवासको सम्बन्ध. उपवास बस्दा सुरुमा भोक लागेको महसुष हुन सक्छ । कमजोरी महसुष हुनसक्छ । वेचैनी महसुष हुनसक्छ । त्यसैले पूजापाठ गरेर मनलाई शान्त तुल्याउन सकिन्छ । पूजापाठ गर्दा मनमा भक्ति(भाव पैदा हुन्छ । यसले हामीलाई कृतज्ञ र शान्त तुल्याउँछ । मन वेचैन हुँदैन । तनाव हुँदैन । त्यसैले उपवासबाट पूर्णत लाभ लिन सकिन्छ । साउनमा उपवास बस्नु भनेको भगवान खुसी बनाउनु होइन, आफ्नै स्वास्थ्यलाई शुद्ध र निरोगी तुल्याउनु हो । मनलाई प्रशन्न राख्नु हो । आफ्नो शरीर स्वस्थ्य, शुद्ध र मन सकारात्मक भएपछि भगवान यसै खुसी हुन्छन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.