सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

खाली नराख यो दिल….

लेखक- धर्मानन्द भट्ट 

खाली नराख यो दिल सपना सजाइ राख
बन्जर नराख यौवन सकभर सवारी राख
यात्री नमिल्न सक्छन् उस्तै सधैं सफरमा
जस्ता रहरहरू छन् आफ्ना सम्हाली राख
हिस्सा परेछ सायद बोक्नु छु जिन्दगीभर
खुसी लैजाऊ तिम्रा तडपन मलाई राख
एक्का लुकाइ रानी चल्छौ अचम्म लाग्छ
जित्छौ भने यो बाजी सङ्गै खेलाडी राख
Mahakali Polytechnic
त्यो प्रेमको निसानी बोकेर जाऊ पञ्जर
प्रामाण खोज्न थाले कोहि त साक्षी राख
World Link Ads
खै औषधी कहाँ छ कस्तो मल्हम बनाए
घायल हुँदा सम्हाल्ने बनाएर साथी राख
लेखक- धर्मानन्द भट्ट
Sana Kishan
https://youtu.be/J1E-sY5Zo7A?si=_LwtxlQ6gUQOM7xO
Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.