सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी जीप दुर्घटना अपडेट : मृतक र घाइतेको परिचय खुल्यो

बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा मृत्यु  र घाइते भएका सबैको परिचय खुलेको छ । सदरमुकाम गोठलापानीबाट भारतीय सीमानाका झुलाघाटतर्फ गइरहेको सुप प्र ०१००१ज १५०० नम्बरको जिप दिउँसो ३ बजेतिर दशरथचन्द नगरपालिका १० भगोडेनोला दुर्घटनामा परेको हो । दुर्घटनामा परेर एकजनाको मृत्यु र नौ जना घाइते भएका सबैको परिचय खुलेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिनुभयो । मृत्यु हुनेमा बैतडीको  दोगडाकेदार  गाउँपालिका ६ सित्तड माइत भइ भारतको पिथौरागढ घर भएकी २१ वर्षीया  मिना जोशी रहेकी छन् । मिनाको जिल्ला अस्पताल बैतडीमा मृत्यु भएको हो ।

यस्तै घाइते हुनेहरूमा मृतक मिनाका श्रीमान ३० निरज भट्ट, दशरथचन्द नगरपालिका ६ गाजरी ४५ वर्षीया जानकी चुनारा, मेलौली नगरपालिका २ का ७६ वर्षीय कृष्णबहादुर चन्द, पुर्चौडी नगरपालिका ५ कुवाकोटकी २८  वर्षीया  निरा कुँवर, दशरथचन्द नगरपालिका १० का २८ वर्षीय ललितराम टमटा, सोही ठाउँका ३० वर्षीया निर्मला टमटा, निर्मलाका छोरा ८ वर्षीय  कार्तिक टमटा, दशरथचन्द नगरपालिका २ देहिमाडौं माइत भएर भारतको पिथौरागढ घर भएकी २४ वर्षीया रतना कोहरा र रतनाका श्रीमान २६   वर्षीय किसन कोहरा रहेका छन् । घाइतेमध्ये जानकीको अवस्था गम्भीर, ललितरामको मध्यम र अन्यको अवस्था सामान्य रहेको प्रहरी प्रवक्ता केसीले बताउनुभयो । घाइते सबैको जिल्ला अस्पतालमा भइरहेको छ ।

अनियन्त्रित भएर खसेको जीप सडकबाट ३० मिटर तल खसेको छ । जीपमा चालकसहित १३ जना सवार रहेकोमा २ जना सकुशल रहेका छन् । चालक दार्चुलाको लेकम गाउँपालिका ३ लालीका  ३१ वर्षीया भुवन टमटा फरार रहेका र उनको खोजी कार्य चलिरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds